चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा ३० लाख दर्शकको चाप

  • Technology Khabar | २३ माघ २०८१, बुधबार
चिनियाँ विज्ञान प्रविधि सङ्ग्रहालयमा ३० लाख दर्शकको चाप

काठमाडौं ।

चीनका विज्ञान–प्रविधि सङ्ग्रहालय (सीएसटीएम) सन् २०२५ मा ३० लाखभन्दा बढीले भ्रमण गरेका छन्। यसमध्ये ९० प्रतिशत भन्दा बढी राजधानी बाहिरबाट आएका थिए।

देशभरका विज्ञान–प्रविधि सङ्ग्रहालयले चिनियाँ संस्कृति, सांस्कृतिक सम्पदा प्रविधि र अत्याधुनिक प्रविधिहरूलाई एकीकृत गर्दै विभिन्न वसन्त महोत्सव–विज्ञान प्रदर्शनीहरू सुरु गरेका छन्।

पूर्वी चीनको फुजियान विज्ञान र प्रविधि सङ्ग्रहालयले ‘स्नेक इन्टेलिजेन्स’ मा प्रदर्शनी आयोजना गर्दैछ, जसले आगन्तुकहरूलाई सर्प जीवविज्ञानको बारेमा सिक्ने मौका दिन्छ।

दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रको अर्को विज्ञान–प्रविधि सङ्ग्रहालयमा एक मानवीय रोबोटले आगन्तुकहरूसँग अन्तरक्रिया गर्दै चीनको रोबोटिक्स प्रविधिमा नवीनतम प्रगतिहरू प्रदर्शन गर्दछ।

सीएसटीएमले सन् २०२५ मा विज्ञानको नवीन रूपहरु जारी राख्नको लागी देश को विज्ञान प्रविधि सङ्ग्रहालयहरुलाई नेतृत्व गर्नेछ। रासस/सिन्ह्वा

प्रकाशित: २३ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार