सञ्चारमन्त्रीको नेपाल टेलिकमलाई प्रश्न- ‘एनसेलभन्दा ६ गुणा धेरै कर्मचारी हुँदा पनि टावर समयमा किन बन्दैन’

  • Technology Khabar | २२ माघ २०८१, मंगलवार
सञ्चारमन्त्रीको नेपाल टेलिकमलाई प्रश्न- ‘एनसेलभन्दा ६ गुणा धेरै कर्मचारी हुँदा पनि टावर समयमा किन बन्दैन’

काठमाडौं ।

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारी दूरसञ्चार कम्पनी प्रतिस्पर्धी हुन नसकेको भन्दै आक्रोश व्यक्त गरेका छन्। मन्त्री गुरुङले आज आयोजित नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २१ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै निजी क्षेत्रको एनसेलसँग प्रतिस्पर्धी हुनुपर्ने बताए।

उनले कम्पनीको चुनौती धेरै बढेको र प्रतिस्पर्धी धेरै रहेको बताए।

“एनसेलमा ७ सय कर्मचारीहरु छन् तर हाम्रोमा ४ हजार ४२ सय कर्मचारी छन्। एनसेल भन्दा ६ गुणा धेरै छन। तर टावर बिग्रियो भने उस्को तत्काल बनिहाल्छ हाम्रोचै किन ढिलो हुन्छ,” मन्त्री गुरुङले भने, “मान्छे धेरै भएर पनि नहुनेरैछ नी। कर्मचारी परिचालन गर्नुपर्यो नी। उनीहरुको वर्क इफिसिएन्सीसँग प्रतिस्पर्धा गर्न सकेनौं भने हामी पछाडि पर्छौं।”

उनले राज्यलाई सेवा गर्ने मात्र भनेर नचल्ने र यसको लागि व्यवस्थापकिय सुधार र कार्यक्षमतामा सुधार गर्नुपर्ने सुझाब दिए।

उनले सबैले गर्व गर्ने बनाउन पाए राम्रो हुने भन्दै आफ्नै पालामा केहि सुधार गर्न आग्रह गरे।

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार