नेपाल टेलिकमको वार्षिकोत्सव अवसरमा सुर्खेतको खालीखर्क र डोल्पाको ठुली माझफालमा फोरजी सेवा सञ्चालन

Technology Khabar २२ माघ २०८१, मंगलवार

नेपाल टेलिकमको वार्षिकोत्सव अवसरमा सुर्खेतको खालीखर्क र डोल्पाको ठुली माझफालमा फोरजी सेवा सञ्चालन
नेपाल टेलिकमको टावर। फाइल तस्बिर

काठमाडौं ।

सुर्खेत जिल्लाको चिङ्गाड गाउँपालिका, खालीखर्कमा फोरजी र टूजी सेवा सञ्चालनमा आएको छ। यसैगरी डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका, माझफालमा समेत फोरजी सेवा संचालनमा आएको छ।

कम्पनीको २१ औं वार्षिकोत्सबको अवसरमा आजदेखि कर्णाली प्रदेशको सुर्खेत जिल्लाको चिङ्गाड गा.पा.-१, खालीखर्क र डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका, माझफालमा एकैपटक सेवा सञ्चालनमा ल्याएको हो।

खालीखर्कमा नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा आएपश्चात् चिङ्गाड गाउँपालिका अन्तर्गतका रजेना, खालीखर्क, तुसारे, गगनधुरी, पाखापानी लगायतका अधिकांश क्षेत्रहरूमा सेवाग्राहीहरूले पहिलो पटक फोरजी र टूजी सेवाबाट लाभान्वित भएका छन्।

यसैगरी डोल्पाको माझफालमा फोरजी सेवा सञ्चालनमा आएपश्चात् ठुली भेरी नगरपालिका वडा नं. ६ को दूरगाउँ, थरगाउँ, काँडाताली र सोही नगरपालिको वडा नं. ५ को माझफाल, लाहारा, हुँ, तथा वडा नं.१० को परिला, शे फोक्सुण्डो राष्ट्रिय निकुञ्ज कार्यालय परिसर, कागेनी, साथै वडा नं.११ को रह लगायतका अधिकांश क्षेत्रहरूमा सेवाग्राहीहरूले पहिलो पटक फोरजी सेवाबाट लाभान्वित भएका छन्।

नेपाल टेलिकमले दूर दराजका क्षेत्रमा दूरसञ्चार सेवा पुराउने कार्यलाई सधैँ उच्च प्राथमिकतामा राख्दै आएको जनाएको छ।

प्रकाशित: २२ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया