Technology Khabar २२ माघ २०८१, मंगलवार
काठमाडौं ।
गुगलले आफ्नो जेमिनी एपको लागि गति र दक्षतामा सुधारहरू ल्याउँदै नयाँ डिफल्ट मोडेलको रूपमा जेमिनी २.० फ्ल्याश प्रस्तुत गरेको छ। आफ्नो डिसेम्बरको लन्च पछ्याउँदै यो अपडेटले ब्रेनस्टर्मिङ, लर्निङ र राइटिङ जस्ता कार्यहरू छिटो र थप सहज बनाउँदै मुख्य क्षेत्रहरूमा पर्फमेन्स सुधार गरेको उल्लेख छ।
क्विक रेस\पोन्स टाइम (छिटो प्रतिक्रिया समय) र राम्रो प्रोसेसिङका साथ, प्रयोगकर्ताहरूले विचारहरू उत्पन्न गर्न, अवधारणाहरू अन्वेषण गर्न र लिखित सामग्री थप सहज रूपमा सिर्जना गर्न सक्नेछन्।
जेमिनीमार्फत् एडभान्स्ड सब्सक्राइबरहरूका लागि, १ मिलियन टोकन कन्टेक्स्ट विन्डो उपलब्ध रहेको र जसले १,५०० पृष्ठहरू सम्मको डकुमेन्ट (कागजात) अपलोड गर्न सकिन्छ।
साथै सदस्यहरूले गहन अनुसन्धानजस्ता विशेष सुविधाहरूमा पहुँच पनि कायम राख्न सक्नेछन् जसले इनसाइट र कनेक्सनहरू उजागर गर्न मद्दत गर्ने साथै थप इफिसियन्ट रिसर्चको लागि क्युरेटेड रिसोर्स (स्रोतहरू) प्रदान गर्ने उल्लेख गरिएको छ।
त्यसैगरी इमेज जेनेरेसनले अब इमाजेन ३ प्रयोग गर्ने बताइएको छ जसले थप डिटेल टेक्स्चर्स (विस्तृत बनावट) र प्रम्प्टहरूको सही व्याख्या प्रदान गर्ने उल्लेख गरिएको छ।
नयाँ मोडेलले राम्रो विवरणहरू, यथार्थवादी तत्वहरू र शैलीगत छनोटहरू ह्यान्डल गर्ने राम्रो काम गर्नेछ भने यसले फोटोरियलिस्टिक ईमेज तस्बिरहरू र रचनात्मक कलाकृतिहरू सिर्जना गर्न सजिलो बनाउने उल्लेख गरिएको छ।
जेमिनी २.० फ्ल्याश अब वेब र मोबाइल एप गरी दुवैमा उपलब्ध छ। ट्रान्जिसनलाई सहज बनाउनका लागि गुगलले अघिल्लो मोडलहरू, जेमिनी १.५ फ्ल्यास र १.५ प्रोलाई सीमित समयको लागि प्रयोगकर्ताहरूले कुनै पनि चलिरहेको कुराकानीहरू समेट्न सकून् भनेर समर्थन प्रदान गर्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: २२ माघ २०८१, मंगलवार