एप्पलले कन्फेट्टी नामक इभेन्ट–प्लानिङ सेवा लन्च गर्ने

  • Technology Khabar | २१ माघ २०८१, सोमबार
एप्पलले कन्फेट्टी नामक इभेन्ट–प्लानिङ सेवा लन्च गर्ने

काठमाडौं ।

एप्पलले इभेन्टस् (कार्यक्रमहरू) र इन्भिटेसन्स (निमन्त्रणाहरू) को लागि डिजाइन गरिएको नयाँ आईक्लाउड सेवा प्रस्तुत गर्ने भएको छ। नियमित क्यालेन्डर भन्दा फरक हुने यो सेवा “यस आउँदो हप्ता” लन्च गर्न तय गरिएको ब्लूमबर्गका मार्क गर्मनले आफ्नो पछिल्लो साप्ताहिक पोडकास्ट “अन डिमान्ड” मा रिपोर्ट गरेका छ।

“कन्फेट्टी” भनिने यो सेवालाई “पार्टी, समारोह र बैठकहरूमा मानिसहरूलाई आमन्त्रित गर्ने नयाँ तरिका” हुने उल्लेख गरिएको छ।

त्यसैगरी यो सेवाको आगमन आईओएस १८.३ लन्चसँग जोडिएको उल्लेख गरिएको छ जुन गत हप्तादेखि जनवरीको अन्तिम दिनहरूमा रोल आउट सुरु भएको छ।

यो नयाँ निमन्त्रणा सेवा ओएस बिटा कोडमा रहेको र त्यहाँ यो आईक्लाउड एप भित्र एकीकृत हुनुका साथै आईक्लाउड डट कममा वेब संस्करण हुने जस्तो देखिएको ९टू५ म्याकको रिपोर्टमा भनिएको छ।

एपको भूमिका भनेको मानिसहरूलाई कार्यक्रमहरूमा आमन्त्रित गर्नु हो र प्रयोगकर्ताले कसले आरएसभीपी’ गरेको हो भनेर हेर्न सक्षम हुनु हो।

त्यसैगरी यसमा पहिले नै कसैलाई कार्यक्रममा आमन्त्रित गर्ने आधारभूत कार्य रहेको हुनाले यो क्यालेन्डर एप भन्दा “अधिक रमाइलो इन्टरफेस” हुन सक्ने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: २१ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...