क्याभियारले आईफोन १६ प्रो सिरिजको लागि चौबिस क्यारेट सुनको विशेष ‘कभर’ तयार पार्ने

  • Technology Khabar | २१ माघ २०८१, सोमबार
क्याभियारले आईफोन १६ प्रो सिरिजको लागि चौबिस क्यारेट सुनको विशेष ‘कभर’ तयार पार्ने

काठमाडौं ।

कस्टम लक्जरी डिभाइस निर्माता क्याभियारले एप्पल आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सको लागि चौबिस क्यारेट सुनको बिटक्वाइनको कभर ल्याएको छ।

क्याभियारले बिटक्वाइनबाट प्रेरणा लिएर तयार पारेको उक्त चौबिस क्यारेट सुनको कभर को मूल्य ११ हजार १३० अमेरिकी डलरबाट सुरु हुन्छ।

यद्यपि क्रिप्टोकरेन्सी बिटक्वाइनलाई संसारको केहि भागहरूमा कानूनी टेन्डरको रूपमा स्वीकार गरिएको छैन र प्रायः विवादहरूमा फसेको छ।

“बिटक्वाइन संस्करण आईफोन १६ प्रो विश्वको अग्रणी क्रिप्टोकरेन्सीको लागि एक लक्जरी होमेज (विलासी श्रद्धा) हो। यसको डिजाइनले जटिल थ्रीडी बिटक्वाइन लोगो समावेश गर्दछ, ब्लकचेन–प्रेरित ढाँचाहरूद्वारा फ्रेम गरिएको यो डिजिटल फाइनान्सको असीम सम्भावनाको प्रतीक हो” क्याभियारले प्रेस विज्ञप्तिमा उल्लेख गरेको छ।

यस बाहेक क्याभियारका ग्राहकहरू, वा कम्तिमा लक्षित ग्राहकहरू संयुक्त राज्य अमेरिकाका ४७ औं राष्ट्रपति डोनाल्ड ट्रम्पका ठूला फ्यान जस्तो देखिएको हुनाले ब्रान्डले यस बिटक्वाइन–थीम गरिएको आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्सका ४७ इकाइहरू बेच्ने निर्णय गरेको जीएसएमएरिनाले एक रिपोर्टमा उल्लेख गरेको छ।

यसअघि पनि क्याभिएरले विभिन्न ब्राण्डहरु र आईफोनका मोडलहरुलाई हिरा जडित सुन जडित वा विशेष डिजाइनसहित तयार पारेर बिक्री गर्दै आएको छ।

प्रकाशित: २१ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार