उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता

  • Technology Khabar | २० माघ २०८१, आईतवार
उच्च प्रविधि क्षेत्रमा लगानी बढाउने इजरायलको प्रतिबद्धता

काठमाडौं ।

इजरायली उद्योग मन्त्रालयले बुधबार हाई–टेक (उच्च प्रविधि) क्षेत्रहरूको पूर्वाधार स्थापना गर्न राष्ट्रव्यापी योजनाको घोषणा गरेको छ।

मन्त्रालयको एक विज्ञप्ति अनुसार, उक्त योजनाका अन्तर्गत १३ परियोजनाहरू समावेश छन्।

यस पहलले उदीयमान कम्पनीहरूको बृद्धिलाई समर्थन गर्न, उच्च गुणस्तरको रोजगारी सिर्जना गर्न, इजरायली निर्यातलाई बढावा दिन र उद्यमशीलता र नवाचारमा इजरायलको स्थितिलाई बलियो बनाउन सहयोग गर्छ।

यसमा जैविक प्रयोगशाला, नयाँ खाद्य प्रविधि पूर्वाधार, रोबोटिक र मोड्युलर उत्पादन प्रणाली, ड्रोन सुविधा, एआई सामग्री प्रयोगशाला र अस्पताल सम्बन्धित परियोजनाहरू समावेश रहेका विज्ञप्तिमा भनिएको छ। रासस/सिन्ह्वा

प्रकाशित: २० माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार