Technology Khabar १८ माघ २०८१, शुक्रबार
काठमाडौं ।
आर्टिफिसियल इन्टेलिजेन्सको प्रशिक्षण र प्रयोगले ऊर्जा खपत गर्दछ भने फोसिल फ्यूल इमिसन (जीवाश्म ईन्धन उत्सर्जन) र प्रदूषकहरू उत्पादन गर्दछ।
यसरी प्रमुख टेक्नोलोजी कम्पनीहरू र डाटा सेन्टरहरूबाट आर्टिफिसियल इन्टेलिजेन्सले गर्दा ग्रीनहाउस ग्यास इमिसन (हरितगृह ग्यास उत्सर्जन) मा उल्लेखनीय वृद्धि भएको पाइएको छ।
यसले सन् २०२० सम्ममा कुल विश्वव्यापी ग्रीनहाउस ग्यास इमिसन (हरितगृह ग्यास उत्सर्जन) को ०.६ प्रतिशत प्रतिनिधित्व गर्ने विदेशी मिडियालाई उद्धृत गर्दै टेलिग्राफले उल्लेख गरेको छ।
उदाहरणका लागि च्याटजीपीटीकमा एक सामान्य क्वेरीले औसत गुगल सर्चले भन्दा लगभग १० गुणा बढी ऊर्जा प्रयोग गर्ने अनुसन्धानले देखाएको छ।
तालिम र एआई प्रयोग गर्दा पनि ठूलो मात्रामा ताजा पानी खपत हुने गर्दछ जुन नेटवर्क सर्भर हरूलाई चिसो पार्नका लागि प्रयोग गर्ने गरिन्छ।
यद्यपि, केही अध्ययनहरूले भने केही एआई एप्लिकेसनहरूले ह्यूमन लेबर (मानव श्रम/क्रियाकलाप) को तुलनामा कम वातावरणीय क्षति निम्त्याउने दावी गरेका छन्।
यसबाहेक द्रुत रुपमा विकसित भइरहेको टेक्नोलोजीलाई ध्यानमा राख्दै एआई अन्ततः यसको आफ्नै वातावरणीय प्रभाव कम गर्ने तरिकाहरू पत्ता लगाउनका लागि प्रयोग गर्न सकिने उल्लेख गरिएको छ।
यसबारे इन्टरनेटमा के चर्चा छ?
लार्ज (ठूला) आर्टिफिसियल इन्टेलिजेन्स ल्याङ्गवेज (भाषा) मोडेलहरू – जुन टेक्स्ट (पाठ) पहिचान गर्न र उत्पन्न गर्न सक्ने डाटाको ठूलो मात्रामा प्रशिक्षित कार्यक्रमको एक प्रकारको – यो प्रविधि पहिलो पटक जनताका लागि सार्वजनिक रूपमा व्यापक रूपमा उपलब्ध भएदेखि नै यसको वातावरणीय प्रभावको बारेमा बहसहरू अनलाइन प्रसारित हुँदै आएको छ।
यस प्रकारको एआईको सामान्यतया प्रयोग हुने उदाहरणमा च्याटजीपीटी सन् २०२२ को नोभेम्बर ३० तारिखमा सार्वजनिक रूपमा जारी गरिएको थियो भने त्यसबेलादेखि नै एआई मोडेलको कार्बन फुटप्रिन्ट अनुमान गर्ने प्रयासहरू पनि गरिएको बताइएको छ।
यद्यपि, छिटो तवरले विकसित हुँदै गइरहेको प्रविधिको बावजुद च्याटजीपीटी र एआईको सही वातावरणीय प्रभाव अझै अज्ञात रहेको उल्लेख गरिएको छ।
एआईको वातावरणीय प्रभाव
विभिन्न एआई मोडेलहरूले विभिन्न मात्रामा ऊर्जा प्रयोग गर्ने भएकाले एकल एआई क्वेरीद्वारा उत्पादित कार्बन उत्सर्जनहरू त्यसै अनुसार भिन्न हुने बताइएको छ।
क्यालिफोर्निया रिभरसाइड विश्वविद्यालयका इलेक्ट्रिकल र कम्प्युटर इन्जिनियरिङका एसोसियट प्रोफेसर शाओली रेनले च्याटजीपीटीका निर्माताहरूले बनाएको मोडेल ‘जीपीटी–४’ ले १००–२५० शब्दको ईमेल लेख्नको लागि करिब एक चौथाई देखि आधा किलोग्राम कार्बन उत्सर्जन गर्ने अनुमान लगाएका छन्।
रेनले उनको आफ्नै अनुसन्धानमा आधारित भएको रेटिङ (मूल्याङ्कन) जुन संयुक्त राज्य अमेरिकामा मात्र लागू हुने र तपाईं बसेको देशको इनर्जी इफिसियन्सी (ऊर्जा दक्षता) को आधारमा फरक पर्न सक्छ भनि स्नोप्सलाई बताएका छन्।
ठूलो मात्रामा आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) मोडेलहरू डाटा सेन्टरहरू, कम्प्युटिङ इक्विपमेन्टहरू र त्यस्तै समान प्रकारका डिभाइस (उपकरण) हरू हाउस गर्ने भौतिक स्थानहरूद्वारा सक्षम हुन्छन् भनि टेलिग्राफी रिपोर्ट ।
विश्वव्यापी रूपमा, डाटा सेन्टरहरू र डाटा ट्रान्समिशन नेटवर्कहरूले सन् २०२० मा ऊर्जा सम्बन्धित ग्रिनहाउस ग्यास इमिसिन (हरितगृह ग्यास उत्सर्जन) को ०.९ प्रतिशत र कुल हरितगृह ग्यास उत्सर्जनको ०.६ प्रतिशत प्रतिनिधित्व गर्दछ।
विश्वव्यापी ऊर्जा खपतको ७५ प्रतिशत प्रतिनिधित्व गर्ने ४५ देशहरूको लागि नीति सिफारिसहरू प्रदान गर्ने एक अन्तरसरकारी संगठन ‘इन्टरनेश्नल इनर्जी एजेन्सी’ (आईईए) बाट माथिको उक्त जानकारी आएको उल्लेख गरिएको छ।
त्यसैगरी सोही संस्थाको एक रिपोर्टले “डाटा सेन्टरहरू, आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) र क्रिप्टोकरेन्सी क्षेत्र द्वारा बिजुली खपत” सन् २०२२ देखि सन् २०२६ सम्म दोब्बर हुन सक्छ र जुन “लगभग जापानको बिजुली खपत बराबर” हो भनि पत्ता लगाएको उल्लेख गरिएको छ।
एआई सर्भरहरूलाई ओभर हिटिङबाट बच्न ठूलो मात्रामा पानी चाहिन्छ
एआई प्लेटफर्मले ठूलो डाटा सेन्टर सर्भरको मद्दत बिना कन्टेन्ट (सामग्री) उत्पन्न गर्न सक्दैन।
यी सेन्टर (केन्द्र) हरूमा “हजारौं हाई–पर्फमेन्स (उच्च–प्रदर्शन) कम्प्युटर चिपहरू हुन्छन् जसले प्रयोगकर्ताका प्रश्नहरू प्रोसेस गर्दछ” भनि फर्मस टेक्नोलोजीका प्रमुख टेक्नोलोजी अधिकारी ड्यानियल केर्नीले बताएका छन् र जसले एआई कम्पनीहरूको लागि दिगो परिचालन समाधानहरू सिर्जना गर्नमा केन्द्रित हुन्छन् भनि उल्लेख गरेका छन्।
“सर्भरहरू पावर प्रदान गर्ने कम्प्यूटर र चिपहरू धेरै डेन्स्ली प्याक्ड (घना तवरमा भरिएका) हुन्छन् भने तिनीहरूले अविश्वसनीय मात्रामा ताप उत्पन्न गर्दछन्। च्याटजीपीटी जस्ता जटिल एआई एप्लिकेसनहरू चलाउनको लागि अविश्वसनीय मात्रामा कम्प्युटिङ पावर चाहिन्छ, जसले दिनको २४ घन्टा धेरै ताप उत्पन्न गर्दछ” भनि “एआईको इतिहासकार” एचपी न्यूक्वीस्टले बताएका छन्।
तसर्थ, सर्भरहरू “ब्रेक डाउन” हुनबाट रोक्नको लागि डाटा सेन्टरको तापक्रमलाई नियमन गर्न मद्दतको लागि कूलिङ सिस्टम प्रयोग गरिन्छ।
साथै, धेरै अवस्थामा, “आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) सर्भरहरू चिसो गर्नको लागि पानीलाई भौतिक रूपमा प्रयोग गर्ने गरिन्छ” भनि वातावरणीय कानूनका विशेषज्ञ मिया मोन्टोया ह्यामरस्लेले बताएका छन्।
एआई डाटा सेन्टरहरूको कारणले पानीको कमी हुने खतरा हुन्छ र त्यसैले “धेरै कम्पनीहरूले ध्रुवीय क्षेत्रहरू नजिक वा कम परिवेशको तापक्रम भएका उत्तरी देशहरूमा सर्भर सेन्टरहरू निर्माण गरिरहेका छन्” भनी न्यूक्विस्टले उल्लेख गरेको बताइएको छ।
त्यसैगरी चिसो क्षेत्रहरूमा सर्नुको अतिरिक्त, केही एआई कम्पनीहरूले भने पानीमा भर नपर्ने चिसो विकल्पहरू खोजिरहेका छन्।
केर्नीले “इमर्सन कूलिङ” को सुझाव दिएका छन् जसले कम्पनीहरूलाई “सीधै विशेष कूलिङ लिक्विडमा हार्डवेयर डुबाउने” सक्ने सुझाव दिएका छन् र यसले पानीको खपत घटाउन सक्ने उल्लेख गरिएको छ।
एआईले भविष्यमा सुस्त हुने कुनै संकेत नदेखाएको हुनाले थप कम्पनीहरूले पानी जस्ता प्राकृतिक स्रोतहरूलाई कम नगर्ने तवरमा कूलिङ अप्सन्स (विकल्पहरू) खोज्न सक्ने टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १८ माघ २०८१, शुक्रबार