डीपसिक एआईलाई ह्वावेको चिपमार्फत् ‘पावरिङ’ गरिएको दाबी

Technology Khabar १७ माघ २०८१, बिहीबार

काठमाडौं ।

केही दिनयता एउटा चिनियाँ एआई मोडेल ‘डीपसिक’ले विश्वमै तहल्का मच्चाइरहेको छ। यसले लागत दक्षताको सन्दर्भमा अमेरिकी प्रतिस्पर्धीहरूलाई उल्लेखनीय रूपमा उछिनेको दाबी गरिएको छ।

यसको ओपन–सोर्स च्याटबटले एपलाई ५१ देशहरूमा एप स्टोरमा शीर्ष स्थानमा पुर्याएको छ भने यसले ह्वावे एआई चिपमा आधारित भएर काम गर्ने खुलासा भएको छ।

डीपसिक आर१ एलएलएम (लार्ज–ल्याङ्गवेज मोडेल) एनभिडिया एच१०० मा प्रशिक्षित गरिएको भए पनि ह्वावेको एसेन्ड ९१०सी चिप प्रयोग गर्ने अनुमान गरिएको छ।

यो जानकारी डोरियालेक्जेन्डर (@Dorialexander) बाट आएको र उनले ‘एसेन्ड चिपहरूले प्रशिक्षणमा काम नगरिरहेकोले जीपीयू पावर आवश्यकताहरू त्यति उच्च नभएको औंल्याएको छन्।

एसेन्ड ९१०सीको अपेक्षाकृत कमजोर प्रदर्शनले प्रशिक्षणको लागि यसको उपयुक्तता सीमित गर्दछ। ह्वावेले आगामी ९२०सी चिपको साथ यस समस्यालाई सम्बोधन गर्ने योजना बनाएको र एआई अपरेशनहरूको लागि अग्रणी एनभिडिया चिपसेट ‘ब्ल्याकवेल बी२००’ सँग प्रतिस्पर्धा गर्ने लक्ष्य राखेको छ।

“डीपसिक एनभिडिया एच८०० मा प्रशिक्षित (तालिम) गरिएको छ तर ह्वावेद्वारा निर्मित नयाँ गृह चिनियाँ चिप्स ९१०सी मा चलिरहेको अनुमान धेरै ठूलो कथा हुनुपर्छ जस्तो मलाई लाग्छ ” डोरियालेक्जेन्डरले एक्समा पोस्ट गरेको जीएसएमएरिनाले रिपोर्टमा भनेको छ।

प्रकाशित: १७ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया