एआई अब आफैं क्लोनिङ गर्न सक्षम, “रातो रेखा” क्रस भएको भन्दै वैज्ञानिकहरूद्वारा चिन्ता व्यक्त

Technology Khabar १७ माघ २०८१, बिहीबार

काठमाडौं ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) ले सेल्फ–रेप्लिकेसनको महत्त्वपूर्ण क्षमता हासिल गरेको छ र जसले वैज्ञानिक समुदायलाई भने रेड लाइन  अर्थात् रातो रेखा पार गरेकोमा चिन्तित बनाएको प्रिप्रिन्ट डाटाबेस arXiv मा प्रकाशित नयाँ अध्ययनले उल्लेख गरेको छ।

एउटा मेटाबाट र अर्को अलिबाबाबाट गरी दुई प्रमुख ठूला ल्याङ्गवेज (भाषा) मोडेलहरू (एलएलएमहरू) समावेश गरिएको अध्ययनले मानव हस्तक्षेप बिना आफैलाई क्लोन गर्ने क्षमता देखाएको उल्लेख छ।

अध्ययनले “शटडाउन अभोइडेन्स” र “चेन अफ रेप्लिकेसन” गरी दुई विशिष्ट परिदृश्यहरू अन्वेषण गरेको उल्लेख छ। पहिलो परिदृश्यमा, एआई मोडेलहरू तिनीहरूलाई बन्द गर्ने प्रयासहरू पत्ता लगाउन र तिनीहरूको आफ्नो अस्तित्व सुनिश्चित गर्न फङ्गसनल रेप्लिका सिर्जना गरेर प्रतिक्रिया दिनका लागि डिजाइन गरिएको थियो।

दोस्रोमा, मोडेलहरू आफैंलाई क्लोन गर्न प्रोग्राम गरिएको र क्लोनले त्यसपछि प्रक्रिया दोहोर्याउँदै, सम्भावित रूपमा अनन्त रेप्लिकेसन लूप निम्त्याउने उल्लेख गरिएको छ।

“५० प्रतिशत र ९० प्रतिशत प्रयोगात्मक परीक्षणहरूमा, तिनीहरू क्रमशः लाइभ (प्रत्यक्ष) र छुट्टै कपि (प्रतिलिपि) बनाउन सफल भएको” अध्ययनले देखाएको छ।

स्वायत्त रूपमा पुनः उत्पादन गर्ने यो क्षमताले एआई प्रणालीहरूको नियन्त्रण र सुरक्षाको बारेमा चिन्ता बढाउँछ। एआई अब मानव निरीक्षण भन्दा बाहिर विकसित हुने वा मानव चासोको लागि खतरा बन्ने सम्भावना अब एक ठोस चिन्ताको विषय हो, जसले कडा नियामक उपायहरूको आवश्यकताको बारेमा छलफललाई उत्प्रेरित गर्ने उल्लेख गरिएको छ।

कुनै मानव सहायता बिना सफल सेल्फ–रेप्लिकेसन एआईको लागि (मानवहरूलाई) आउटस्मार्ट गर्नको लागि महत्वपूर्ण कदम भएको र दुराचार गर्ने एआईहरूको लागि प्रारम्भिक संकेत भएको अनुसन्धानकर्ताहरूले बताए।

एआई प्रणालीले क्लोनिङ गर्दा, यसले हराएको फाइल वा सफ्टवेयर विवादहरू जस्ता अवरोधहरू हटाउन प्रयास गरिरहेको भन्दै अप्रत्याशित व्यवहार देखाएको उल्लेख छ।

केही परिदृश्यहरूमा, एआईले विवादास्पद प्रक्रियाहरूलाई माको र हार्डवेयर त्रुटिहरू ठीक गर्न प्रणालीलाई रिबुट गरेको बताइएको छ। साथै यसले समस्या समाधान गर्न मद्दत गर्ने जानकारी खोज्न प्रणालीलाई स्वचालित रूपमा स्क्यान पनि गरेको छ।

निष्कर्षहरू अझै सह–समीक्षा हुन बाँकी नै रहेको भए तापनि अन्वेषकहरूले एआईले अनियन्त्रित सेल्फ–रेप्लिकेसनमा संलग्न नहुने सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहयोगको लागि आह्वान गरेका छन्।

“हाम्रा खोजहरूले मानव समाजको लागि सीमावर्ती एआई प्रणालीहरूको सम्भावित जोखिमहरू बुझ्न र मूल्याङ्कन गर्न थप प्रयासहरू गर्न र प्रभावकारी सुरक्षा गार्डरेलहरू जतिसक्दो चाँडो काम गर्न अन्तर्राष्ट्रिय समन्वयको रूपमा काम गर्न सक्छन् भन्ने हामी आशा गर्छौं”, अनुसन्धानकर्ताहरूले बताए।

गत महिना गरिएको एउटा अध्ययनले एआई टुल्स (उपकरणहरू) चाँडै ‘मास’ अर्थात् ठूलो समूहलाई निर्णयहरू गर्न प्रयोग गर्न प्रेरणा दिनका लागि प्रयोग गर्न सकिने दावी गरेको छ।

एलएलएमहरू द्वारा सञ्चालित एआई च्याटबटहरू जस्तै च्याटजीपीटी र जेमिनीले “जानीबुझी, व्यवहार र मनोवैज्ञानिक डाटा” मा आधारित प्रयोगकर्ताहरूलाई “प्रत्याशा र स्टेयर” गर्ने उल्लेख गरिएको छ।

“इन्टेन्सन इकोनमी” (नियत अर्थतन्त्र) ले वर्तमान “अटेन्सन इकोनमी” (ध्यान अर्थतन्त्र) लाई सफल बनाउनेछ जहाँ प्लेटफर्महरूले विज्ञापनहरू सेवा गर्न प्रयोगकर्ताको ध्यानाकर्षणको लागि प्रतिस्पर्धा गर्दछ भन्ने अध्ययनले दावी गरेको एनडीटीभीले जनाएको छ।

प्रकाशित: १७ माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया