के डीपसिकको “विकास” साँच्चै ६ मिलियन डलरको झिनो खर्चमा सम्भव भएको हो त?

  • Technology Khabar | १६ माघ २०८१, बुधबार
के डीपसिकको “विकास” साँच्चै ६ मिलियन डलरको झिनो खर्चमा सम्भव भएको हो त?

काठमाडौं ।

चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) एप डीपसिक ६ मिलियन अमेरिकी डलरको लागतामा तयार भएको जानकारी बाहिरिएको छ।

व्यापक रूपमा रिपोर्ट गरिएको यो तथ्याङ्कले स्टक बजारमा चिन्ता पैदा गरेको उल्लेख छ। यो आकर्षक एआई टुल आफ्ना अन्य ठूला बजेट अमेरिकामा आधारित प्रतिद्वन्द्वीहरूको तुलनामा थोरै लागतमा विकसित गरिएको चर्चाले विश्व नै तरङ्गित भइरहेको छ।

यद्यपि वास्तविक आंकडाको बारेमा निश्चित रूपमा निर्धारण गर्न धेरै गाह्रो भएको भन्दै टेलिग्राफले रिपोर्ट गरेको छ।

पहिलो, यो सबै डीपसिकको सार्वजनिक रिपोर्टको पहिलो तालिकाबाट आएको उल्लेख छ जसले टुल (उपकरण) ले कसरी काम गर्छ भनेर वर्णन गर्ने बताइएको छ।

डीपसिक भी३ को तालिमको कुल लागत ५.६ मिलियन अमेरिकी डलर भन्दा कम भएको अनुमान गरिएको छ।

केही व्यक्तिहरूले यो आंकडालाई चुनौती दिएका छन् र यदि हामीले यसलाई सामान्य रूपमा लियौं भने, यसले एआईको यस संस्करणको प्रशिक्षणको लागत मात्र कभर गर्नेछ – डीपसिक–भी३ पहिलेका धेरै पुनरावृत्तिहरूको परिणामको रूपमा आएको उल्लेख गरिएको छ।

यसका अनुसन्धानकर्ताहरूले प्रतिवेदनमा ५.६ मिलियन अमेरिकी डलर आंकडाले यस क्षेत्रको अघिल्लो अनुसन्धानको लागत (२०२३ देखि चलिरहेको), साथै उनीहरूले यस पद्धतिमा आउनुअघि प्रयास गरेका अन्य प्रयोगहरूलाई समावेश गर्दैन भनेर उल्लेख गरेका छन्।

अझ व्यापक रूपमा, यो संख्याले कार्यालयको ठाउँ भाडामा लिने वा किन्नदेखि लिएर कर्मचारीलाई भुक्तानी गर्ने सबै दैनिक खर्चहरूलाई पनि बेवास्ता गर्ने र डीपसिकको टोलीमा १४० भन्दा कम व्यक्तिहरू छन् भनि चिनियाँ मिडियाले उल्लेख गरेको छ।

त्यसै गरी यसले डीपसिकलाई सरल, प्रयोग–गर्न–सजिलो एपमा डिप्लोय गर्ने सम्बन्धित लागतहरू पनि समावेश नगर्ने बताइएको छ र जसको लोकप्रियताले बेलायत र अमेरिकी एप स्टोरहरूमा हलचल नै ल्याइदिएको छ।

अनुसन्धानकर्ताहरूले डीपसीकको यो विशेष संस्करणलाई तालिम दिन ६ मिलियन अमेरिकी डलर भन्दा कम खर्च गरेको भनि बताए पनि वास्तविक लागत धेरै बढी भएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...