गुगल पिक्सेल ९ए को एउटा संस्करण आफ्नो पूर्ववर्ती भन्दा महँगो हुने

Technology Khabar १६ माघ २०८१, बुधबार

काठमाडौं ।

गुगलको पिक्सेल ९ए मार्च महिनाको मध्यमा आइपुग्नु पर्ने उल्लेख गरिएको छ। त्यस अघि एउटा लीकले डिभाइसको दुवै संस्करणहरूको विस्तृत मूल्य निर्धारणको खुलासा गरेको छ।

१२८ जीबी स्टारेजसहितको इन्ट्री–लेभल मोडेलको मूल्य ४९९ अमेरिकी डलर हुने बताइएको छ जुन गत वर्षको पिक्सेल ८ए को मूल्य जस्तै भएको उल्लेख गरिएको छ। यद्यपि २५६ जीबी संस्करणको मूल्य भने ५९९ अमेरिकी डलर हुनेछ जुन पिक्सेल ८ए को २५६ जीबी संस्करण भन्दा ४० अमेरिकी डलर महँगो हुने भएको छ।

नयाँ मूल्य निर्धारण संरचना अगस्टमा लन्च गरिएको पिक्सेल ९ परिवारको साथ गुगलले सुरु गर्न थालेको अनुरूप रहेको बताइएको छ। जस अनुसार २५६ जीबी मोडेल १२८ जीबी भन्दा सधैं १०० अमेरिकी डलर बढी महँगो हुनेछ।

पिक्सेल ९ए मा २,७००–निट पिक ब्राइटनेस र १,८००–निट एचडीआर ब्राइटनेससहितको ६.२८५–इन्चको स्क्रिन, टेन्सर जी४ एसओसी, ८ जीबी र्याम, ४८ मेगापिक्सेलको मुख्य क्यामरा, १३ मेगापिक्सेलको अल्ट्रावाइड, र ५,१०० एमएएच ब्याट्री हुनेछ जुन पिक्सेलमा देखेको सबैभन्दा ठूलो ब्याट्री भएको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: १६ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया