Technology Khabar १६ माघ २०८१, बुधबार
काठमाडौं ।
डीपसिक गत वर्ष अप्रिल २०२३ मा एउटा चिनियाँ हेज फण्डको एआई अनुसन्धान विभागबाट विकास गरिएको एउटा एआई टूल हो। यसको मुख्य उद्देश्य ठूलो भाषा मोडेलहरू र कृत्रिम साधारण बुद्धिमता (एजीआई) हासिल गर्नु थियो।
एजीआई यस्तो शाखा हो जसले मानवीय बुद्धिलाई धेरै क्षेत्रमा बराबरी वा पार गर्न सक्छ। ओपनएआई र यसको प्रतिस्पर्धीहरूले यो लक्ष्य चाँडै हासिल गर्ने दावी गर्दै आएका छन्।
डीपसिकको चर्चा विशेषगरी गत हप्ता स्टार्टअपले आफ्नो आर आई अर्थात् रिजनिङ इन्टेलिजेन्स मोडेल सार्वजनिक गरेदेखि फैलिन थालेको हो जसले ओपनएआईको ओ१ सँग प्रतिस्पर्धा गर्छ।
यो ओपन-सोर्स मोडेल हो, जसलाई कुनै पनि एआई विकासकर्ताले प्रयोग गर्न सक्छ। यसले एप्प स्टोरहरू र उद्योगको लिडरबोर्डहरूमा शीर्ष स्थान लिएको छ, प्रयोगकर्ताहरूले यसको प्रदर्शन र तर्क क्षमताको प्रशंसा गरेका सीएनबीसीले उल्लेख गरेको छ।
सम्बन्धित समाचार
अहिले अचानक चर्चामा आएको डीपसिक के हो र यसले किन टेक स्टकहरू घटायो?
यो स्टार्टअपको मोडेलहरू अमेरिकाले तीन वर्षमा तीन पटक चीनमा चिप निर्यातमा प्रतिबन्ध लगाएको अवस्थामा निर्माण गरिएका थिए। डीपसिक को आरआईको लागत वा कति ग्राफिक्स प्रोसेसिङ युनिट (जीपीयू) प्रयोग गरिएको भन्नेबारे विभिन्न अनुमान छन्।
जेपरिजका विश्लेषकहरूले यसको पछिल्लो संस्करणको “प्रशिक्षण लागत मात्र ५.६ मिलियन डलर (H800 को प्रतिघण्टा डलरको भाडा लागत अनुसार) रहेको” अनुमान गरेका छन्। यो मेटाको एललामा मोडेलको लागतको १० प्रतिशत भन्दा कम हो।
तर, यथार्थ लागत जे भए पनि, रिपोर्टहरूले यस मोडेललाई ओपनएआई, एन्थ्रोपिक, गुगललगायतका प्रतिस्पर्धी मोडेलहरूको तुलनामा निकै कम लागतमा विकास गरिएको पुष्टि गर्छन्।
प्रकाशित: १६ माघ २०८१, बुधबार