डीपसिकको आर१ मोडल प्रभावशाली रहेको ओपन एआईका सीईओ अल्टम्यानको भनाई

  • Technology Khabar | १५ माघ २०८१, मंगलवार
डीपसिकको आर१ मोडल प्रभावशाली रहेको ओपन एआईका सीईओ अल्टम्यानको भनाई

काठमाडौं ।

ओपनएआईका सीईओ साम अल्टम्यानले चिनियाँ स्टार्टअप डीपसिकको आरआई एआई मोडललाई सोमबार “प्रभावशाली” भनेका छन्, तर ओपनएआईको सफलताका लागि बढी कम्प्युटिङ शक्ति नै प्रमुख रहेकोमा जोड दिएका छन्।

डीपसिक कम लागतमा बनाइएको चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्स मोडल,ले गएको महिना आफ्नो डीपसिक – भी३ मोडललाई प्रशिक्षित गर्न ६ मिलियन डलरभन्दा कम खर्च भएको दावी गरेको थियो। यो मोडललाई कम क्षमताको एनभिडिया एच८०० चिप्स प्रयोग गरेर तयार गरिएको थियो।

पछिल्लो हप्ता सार्वजनिक गरिएको डीपसिक-आरआई मोडल ओपनएआईको ओ१ मोडलभन्दा २० देखि ५० गुणा सस्तो रहेको दावी डीपसिक को आधिकारिक वीच्याट अकाउन्टमा गरिएको छ।

“डीपसिक को आरआई मोडल प्रभावशाली छ, विशेष गरी उनीहरूले यस मूल्यमा के उपलब्ध गराएका छन् भन्ने कुरामा,” अल्टम्यानले एक्समा लेखेका छन्।

“तर हामी हाम्रो अनुसन्धान योजनालाई निरन्तर अघि बढाउन उत्साहित छौं, र हाम्रो मिशनमा सफलताका लागि अहिलेभन्दा बढी कम्प्युटिङ शक्ति महत्त्वपूर्ण छ भन्ने विश्वास गर्छौं,” उनले थपे।

डीपसिकको उदयले अमेरिकी प्रविधि कम्पनीहरूले एआई क्षेत्रमा अर्बौं डलरको लगानी गर्ने निर्णयको औचित्यलाई लिएर प्रश्न उठाएको छ। यसले गर्दा एनभिडिया लगायतका ठूला प्रविधि कम्पनीहरूको सेयरमा गिरावट आएको छ।

एनभिडियाले सोमबार ५९३ अर्ब डलरको बजार मूल्य गुमाउँदै वाल स्ट्रीटका कुनै पनि कम्पनीले एकै दिनमा भोगेको सबैभन्दा ठूलो घाटा ब्यहोरेको छ।

प्रकाशित: १५ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...