Technology Khabar १५ माघ २०८१, मंगलवार
काठमाडौं ।
चिनियाँ कम्पनी डीपसिकले बनाएको एआई-संचालित च्याटबट अमेरिकामा जनवरीमा रिलिज गरेपछि एप्पलको स्टोरमा सबैभन्दा धेरै डाउनलोड गरिएको नि:शुल्क एप बनेको छ।
एपको अचानक लोकप्रियताका साथै अमेरिकामा आधारित एआई कम्पनीहरूको तुलनामा डीपसिकको कम लागतले प्रविधि वित्तीय बजारलाई उथलपुथलमा पारेको छ।
सिलिकन भ्याली उद्यम पूँजीपति मार्क एन्ड्रीसेनले डीपसिकलाई एआईमा “सबैभन्दा अद्भुत र प्रभावशाली सफलताहरू मध्ये एक” भनेर प्रशंसा गरेका बीबीसीले रिपोर्ट गरेको छ।
कम्पनीले यसको पछिल्लो एआई मोडेलहरू अमेरिकामा उद्योग-अग्रणी मोडेलहरू च्याटजीपीटी जस्ताकै बराबर रहेको बताएको छ। तर यसको लागि तिनिहरुको लागतको एक अंशमात्र रहेको उल्लेख छ।
एप पछाडिका अनुसन्धानकर्ताहरूले यसलाई निर्माण गर्न केवल ६ मिलियन अमेरिकी डलर मात्र लागेको बताएका छन्, जुन अमेरिकामा एआई कम्पनीहरूले खर्च गरेको अर्बौं डलरभन्दा धेरै कम हो।
डीपसिक के हो?
डीपसिक दक्षिणपूर्वी चीनको हांग्जाउ शहरमा स्थापना भएको चिनियाँ कृत्रिम बुद्धिमत्ता (आर्टिफिसियल इन्टेलिजेन्स) कम्पनी हो।
कम्पनी जुलाई २०२३ मा सुरु गरिएको थियो, तर सेन्सर टावरका अनुसार यसको लोकप्रिय एआई सहायक एप जनवरी १० सम्म अमेरिकामा जारी गरिएको थिएन।
डीपसिकका संस्थापक लियाङ्ग वेनफेङ्ग को हुन्?
डीपसिकका संस्थापक लियांग वेनफेंगले आंशिक रूपमा आफूले सुरु गरेको हेज कोषबाट पैसा प्रयोग गरेर डीपसिकलाई फण्डिङ्ग दिएका थिए।
सूचना र इलेक्ट्रोनिक इन्जिनियरिङमा स्नातक गरेका ४० वर्षीय लियांग वेनफेंगले एनभिडिया ए१०० चिप्सको भण्डार बनाएका बताइएको छ, जुन अहिले चीनमा निर्यात गर्न प्रतिबन्धित छ।
विज्ञहरू विश्वास गर्छन् कि यो सङ्कलन ५०,००० ओटा भएको केहि अनुमान गरिएको छ र यसले यी चिपहरूलाई अझै पनि आयात गर्न उपलब्ध सस्ता, कम-अन्तका चिपहरूसँग जोडेर डीपसिक सुरु गर्न उनलाई प्रेरित गरेको थियो।
लियांगलाई हालै उद्योग विशेषज्ञहरू र चिनियाँ प्रधानमन्त्री ली छियांग बीचको बैठकमा देखिएको थियो।
कसले यसलाई प्रयोग गरिरहेको छ?
कम्पनीको एआई एप एप्पलको एप स्टोरमा र यसको वेबसाइटमा अनलाइन डाउनलोडको लागि उपलब्ध छ।
नि:शुल्क रहेको यो सेवा एप्पलको स्टोरमा द्रुत गतिमा शीर्ष डाउनलोड गरिएको एप बनेको छ, यद्यपि मानिसहरूलाई साइन अप गर्न समस्या भएको रिपोर्ट आएको छ।
यो अमेरिकामा एप्पलको एप स्टोरमा शीर्ष-रेटेड नि:शुल्क एप पनि बनेको छ।
एपले के गर्छ?
डीपसीक यसको शक्तिशाली एआई सहायकको लागि लोकप्रिय भएको छ जुन च्याटजीपीटी जस्तै काम गर्दछ।
एप स्टोरमा यसको विवरण अनुसार, यो “तपाईंका प्रश्नहरूको जवाफ दिन र तपाईंको जीवनलाई कुशलतापूर्वक बढाउन” डिजाइन गरिएको हो।
एप मूल्याङ्कन गर्ने प्रयोगकर्ताहरूले छोडेका टिप्पणीहरूमा “यसले लेखनलाई थप व्यक्तित्व प्रदान गर्दछ” भनिएको छ।
तर च्याटबोटले कम्तिमा एउटा राजनीतिक रूपमा संवेदनशील प्रश्नको उत्तर नदिने बीबीसीले रिपोर्टमा भनेको छ।
यसैबीच डीपसिक लन्च भएसँगै विश्वभरका प्रविधि कम्पनीहरुको शेयर मूल्य र बजारमा उथलपुथल आएको छ।
प्रकाशित: १५ माघ २०८१, मंगलवार