जापानको अन्तरिक्ष एजेन्सी जाक्सा र एनईसीद्वारा विश्वकै तिब्र गतिको स्याटेलाइट अप्टिकल सञ्चार हासिल

Technology Khabar १५ माघ २०८१, मंगलवार

काठमाडौं ।

एनईसी कर्पोरेसनले अप्टिकल अन्तर-भूउपग्रह सञ्चार प्रयोग गरेर १.८ जीबीपीएसको गति हासिल गर्न सफल भएको छ।

जापान एयरोस्पेस एक्सप्लोरेशन एजेन्सी (जाक्सा) र एनईसीले उन्नत भूमि अवलोकन भूउपग्रह-४ र लगभग ४०,००० किलोमिटर टाढा अवस्थित भू-स्थिर अप्टिकल डाटा रिले भूउपग्रह बीच १.८ जीबीपीएसको डाटा दरमा १.५ माइक्रोन तरंगदैर्ध्य लेजर प्रयोग गरेर विश्वको सबैभन्दा तिब्र अप्टिकल सञ्चार हासिल गरेको ह्यो।

जाक्साको लेजर उपयोग सञ्चार प्रणाली (लूकास) को लागि अप्टिकल संचार उपकरणको प्रमुख निर्माता एनईसीले अवलोकन डाटा सफलतापूर्वक प्रसारण गरिएको यो पहिलो पटक थियो।

जाक्साद्वारा विकसित र सञ्चालित लूकास (LUCAS), एक प्रणाली हो जसले १.५ म्यू (µm) को तरंगदैर्ध्य भएको अदृश्य लेजर प्रकाश प्रयोग गरेर अन्तरिक्षमा अप्टिकल सञ्चार मार्फत पृथ्वी अवलोकन भूउपग्रह (तल्लो कक्षको भूउपग्रह) र अप्टिकल डाटा रिले भूउपग्रह (जीयो अर्बिटल भूउपग्रह) बीच डाटा रिले सक्षम बनाउँछ।

दाईची ४ (DAICHI-4) जाक्साद्वारा विकसित र सञ्चालित पृथ्वी अवलोकन भूउपग्रह हो। यो राडार भूउपग्रहले आफ्नो पूर्ववर्ती “दाईची-२” को उच्च स्थानिय रिजोल्युसन कायम राख्दै अवलोकन दायरा चार गुणासम्म विस्तार गर्दछ।

प्रकाशित: १५ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया