ओपनएआईले प्रस्तुत गर्यो आफ्नो पहिलो आर्टिफिसियल इन्टेलिजेन्स एजेन्ट ‘अपरेटर’

Technology Khabar १५ माघ २०८१, मंगलवार

काठमाडौं ।

च्याटजीपीटी निर्माता ओपनएआईले एआई एजेन्टमा पहिलो वास्तविक प्रयास सुरु गरेको छ। कम्पनीले अपरेटर नामक प्रोडक्ट (उत्पादन) को अनुसन्धान अध्ययन सुरु गरेको छ जसले अनलाइन मार्फत फारमहरू भर्ने, किराना सामानहरू अर्डर गर्ने, ट्रिप्स (यात्राहरू) बुक गर्ने र मीमहरू सिर्जना गर्ने जस्ता कार्यहरू गर्न सक्नेछ।

हाल, यो अमेरिकामा च्याटजीपीटी प्रो प्रयोगकर्ताहरूको लागि मात्र उपलब्ध भएको बताइएको छ।

“अपरेटर चाँडै नै अन्य देशहरूमा पनि उपलब्ध हुनेछ” ओपनएआईका सीईओ साम अल्टम्यानले भने। यद्यपि उनले थप कहि पनि व्याख्या नगरी “युरोपमा भने केहि समय लाग्ने” उल्लेख गरे।

एआई एजेन्टहरू मानिसहरूलाई मद्दत गर्नको लागि स्वायत्त कार्यहरू गर्न डिजाइन गरिएको र तिनीहरूले प्रयोगकर्ताको प्राथमिकताको आधारमा डाटा सङ्कलन गर्दा तिनीहरूलाई के गर्ने भनेर मानिसहरूले भनिराख्नलाई आवश्यक नपर्ने उल्लेख गरिएको छ।

यद्यपि मानवजस्तै कुराकानी गर्नको लागि डिजाइन गरिएको च्याटबोट भन्दा यी एआई एजेन्टहरू फरक भएको बताईएको छ।

यसको सट्टा, एजेन्टले आफ्नै ब्राउजर प्रयोग गर्न, वेबपेज हेर्नका साथै क्लिकिङ र स्क्रोल गर्ने जस्ता कम्प्युटर माउसको फङ्गसनहरू प्रयोग गरेर यसमा अन्तक्रिया गर्न सक्ने बताइएको छ।

त्यसैगरी एजेन्टले स्क्रिनसट पनि “हेर्न” सक्ने कम्पनीले उल्लेख गरेको छ।

कम्प्युटर यूसेज एजेन्ट (सीयूए) द्वारा संचालित यस मोडेलले ओपनएआईको जीपीटी–४ओ को भिजन क्यापाबिलिटिज (क्षमताहरू)लाई रिइनफोर्समेन्ट लर्निङ (सुदृढीकरण सिकाइ) मार्फत एडभान्स्ड रिजनिङ (उन्नत तर्क) सँग संयोजन गर्ने उल्लेख गरिएको छ।

ओपनएआईले अपरेटरलाई प्लस, टिम र इन्टरप्राइज सदस्यता प्रयोगकर्ताहरूमा विस्तार गर्नुका साथै यी क्षमताहरूलाई भविष्यमा च्याटजीपीटीमा एकीकृत गर्ने घोषणा गरेको छ।

यसअघि, माइक्रोसफ्ट, गुगल र स्ल्याकले पनि आफ्ना एजेन्टहरू ल्याएका छन।

प्रकाशित: १५ माघ २०८१, मंगलवार

तपाइको प्रतिक्रिया