सेतोपाटीको आधिकारीक युट्युब च्यानल ह्याक

  • Technology Khabar | १४ माघ २०८१, सोमबार
सेतोपाटीको आधिकारीक युट्युब च्यानल ह्याक
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्विर।

काठमाडौं ।

नेपाली अनलाइन मिडिया सेतोपाटीको आधिकारिक युट्युब च्यानल ह्याक भएको छ। ह्याकर समूहले सोमबार च्यानल ह्याक गरेर नेपालमा गैरकानूनी रहेको क्रिप्टोकरेन्सीको प्रचार थालेको हो।

सेतोपाटी सञ्चार प्रालिको उक्त च्यानलमा तीन लाख ७0 हजारभन्दा बढी सब्सक्राइबर रहेका छन्।

सेतोपाटीले आफ्नो च्यानल ह्याक भएको र असान्दर्भिक सामाग्रीहरु प्रशारण भएको स्वीकार गरेको छ। कम्पनीले सामाजिक सञ्जाल एक्समार्फत आफ्नो युट्युब च्यानल ह्याक भएको जानकारी दिएको हो।

“प्रिय पाठकहरू, सेतोपाटीको युट्युब च्यानल ह्याक भएकाले असान्दर्भिक सामग्रीहरू प्रसारण भइरहेको जानकारी गराउँछौं। हामी समस्या समाधानको प्रयास गरिरहेका छौं,” सेतोपाटीले एक्स पोस्टमा लेखेको छ।

ह्याकरले च्यानलको नाम परिवर्तन गरी ‘रिप्पल’ राखेका छन्। च्यानलको लोगो र कभर फोटो पनि परिवर्तन गरिएको छ भने डिस्क्रिप्सन हटाइएको छ।

हाल उक्त च्यानल उपलब्ध नरहेको युट्युबले देखाएको छ। यसका साथै सेतोपाटीको वेबसाइटमा रहेका भिडियोहरु पनि उपलब्ध नभएको जानकारी देखाएको छ।

प्रकाशित: १४ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार