Technology Khabar १४ माघ २०८१, सोमबार
काठमाडौं ।
फक्सवागनले अल–इलेक्ट्रिक आईडी.३ र आईडी.४ मोडेलहरू लन्च नगरेको चार वर्षभन्दा बढी भइसकेको छ।
तिनीहरूको आगमनको समयमा, यी दुई गाडीहरूले टेस्लालाई गम्भीर रूपमा टक्कर दिन सक्ने धेरैले विश्वास गरेका टेलिग्राफले रिपोर्ट गरेको छ।
यद्यपि, सोचे अुरुप चीजहरू नभएको र सन् २०२५ पनि भोक्सवागनका इलेक्ट्रिक सवारीहरूको लागि अर्को कठिन वर्ष हुने जस्तो देखिएको उल्लेख छ।
सन् २०२४ मा जस्तै, जर्मन ब्रान्डले यस वर्ष कुनै पनि नयाँ इलेक्ट्रिक मोडेलहरू लन्च नगर्ने उल्लेख गरिएको छ।
त्यसैगरी, कम्पनिको इलेक्ट्रिक लाइनअपमा सबैभन्दा पछिल्लो थप भनेको २०२३ को तेस्रो त्रैमासमा डेब्यु भएको आईडी.७ भएको बताइएको छ।
फक्सवागनको अर्को ठूलो रिलीज भनेको आईडी.२ हो जुन सन् २०२६ अघि चयन बजारहरूमा हिट (नआउने) नहुने बताइएको छ। र उत्तर अमेरिका सम्भवतः ती मध्ये एक हुनेछैन।
२५ हजार युरोभन्दा कम मूल्यको साथमा, आईडी.२ ले गल्फ जस्तै इन्टेरियोर स्पेस (भित्री ठाउँ) प्रदान गर्ने अपेक्षा गरिएको छ भने बाहिरी भागमा यो सानो पोलो मोडेल जस्तै कम्प्याक्ट र किफायती रहने सम्भावनाको उल्लेख गरिएको छ।
“अर्को वर्ष, फक्सवागन (भीडब्ल्यू) पुरानो प्रविधि नयाँ ग्राहकहरूलाई बेच्न बाध्य हुनेछ। त्यो गाह्रो हुनेछ” जर्मन अटो विश्लेषक म्याथियास श्मिटले ब्लूमबर्गलाई भने।
अमेरिका, युरोप र चीन लगायतका प्रमुख बजारहरूमा फक्सवागन (भीडब्ल्यू)ले विद्युतीय सवारी साधन बेच्ने चुनौतीहरूको सामना गरिरहेको बताइएको छ।
युरोपमा, जर्मनी जस्ता प्रमुख क्षेत्रहरूमा सब्सिडी कटौतीले मागलाई कमजोर बनाएको उल्लेख छ। यसैबीच, फक्सवागन (भीडब्ल्यू) को दीर्घकालीन ईभी महत्वाकांक्षाहरूको लागि महत्त्वपूर्ण बजार चीनमा अटोमेकरले घरेलु प्रतिद्वन्द्वीहरूसँग मैदान गुमाइरहेको उल्लेख गरिएको छ।
फक्सवागन (भीडब्ल्यू ग्रुप) समूहका लक्जरी मोडलहरू, जस्तै आउडि क्यू८ ई–ट्रोन र पोर्श टाईकन चिनियाँ ब्रान्डहरूका अधिक किफायती इलेक्ट्रिक कारहरूको बढ्दो प्रभुत्व भएको बजारमा उल्लेखनीय सफलता हासिल गर्न असफल भएको बताइएको छ।
चिनियाँ विद्युतीय सवारी साधनको बजारलाई जित्ने फक्सवागनको योजनाको मुख्य भाग एक्सपेङसँगको नयाँ साझेदारी भएको उल्लेख गरिएको छ।
दुई कम्पनीहरूले साझा इलेक्ट्रिकल र इलेक्ट्रोनिक्स (ई एन्ड ई) प्लेटफर्ममा काम गरिरहेका छन् जुन चीनमा फक्सवागनले उत्पादन गर्ने सबै विद्युतीय सवारी साधनहरूको लागि आधार हुनेछ।
यस साझेदारीबाट पहिलो मोडेलहरू सन् २०२६ मा लन्च गरिनु पर्ने बताइएको छ भने यसमा एउटा एसयूभी गरी दुई मध्य–दायराको फक्सवागन समावेश उल्लेख गरिएको छ।
फक्सवागन समूहले चीनमा गत वर्षको २.९३ मिलियन सवारी साधनको वार्षिक बिक्रीलाई सन् २०३० सम्ममा ४० लाख पुर्याउने आशा राखेको उल्लेख छ।
“नयाँ मोडेलहरू अपनाउनु एउटा समाधान हो, तर यो हाम्रो व्यापक दायरा कायम राख्न पनि उत्तिकै महत्त्वपूर्ण छ” फक्सवागनका प्रवक्ता स्टेफन फोसविंकेलले बताएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १४ माघ २०८१, सोमबार