भारतमा सरकारी दूरसञ्चार कम्पनीले फोरजी सेवा बिस्तार गर्दै, ६५ हजार टावर जडान सम्पन्न

  • Technology Khabar | १४ माघ २०८१, सोमबार
भारतमा सरकारी दूरसञ्चार कम्पनीले फोरजी सेवा बिस्तार गर्दै, ६५ हजार टावर जडान सम्पन्न

काठमाडौं ।

भारतीय सरकारी दूरसञ्चार कम्पनी भारत संचार निगम लिमिटेड (बीएसएनएल) ले आफ्नो फोरजी नेटवर्क लन्चिङ्गको गति बढाएको छ। बीएसएनएलका लगभग ६५,००० फोरजी साइटहरू सक्रिय पारिएका स्थानीय मिडियाहरुले उल्लेख गरेका छन्।

यस नेटवर्कको लागि, कम्पनीले देशमा निर्मित प्रविधि प्रयोग गरेको छ। बीएसएनएलले यस वर्षको मध्यसम्ममा एक लाख ४जी साइटहरूमा पुग्ने लक्ष्य राखेको छ।

रिपोर्टअनुसार कम्पनीका अध्यक्ष रोबर्ट जे रविले ४जी साइटहरू स्थापना गरेपछि, न्यूनतम सेवा गुणस्तर (क्यूओएस) मापदण्डहरू पूरा भएको सुनिश्चित गर्नु पनि महत्त्वपूर्ण भएको बताए। यसका लागि कम्पनीले प्रत्येक सर्कलमा एउटा टोली खटाएको छ।

बीएसएनएलले ४जी नेटवर्कको लागि ७०० मेगाहर्ज स्पेक्ट्रम प्रयोग गरेको छ। यसले ग्राहकहरूलाई राम्रो अनुभव दिने बताईएको छ।

कम्पनीले चाँडै नै ५जी नेटवर्क सुरु गर्ने योजना पनि बनाएको छ। यसको लागि परीक्षण भइरहेको छ। बीएसएनएलले एक लाख ४जी साइटहरू स्थापना गरेपछि ५जी सेवा सुरु गर्ने योजना बनाएको छ।

प्रकाशित: १४ माघ २०८१, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार