Technology Khabar १४ माघ २०८१, सोमबार
काठमाडौं ।
ओप्पोले अत्यन्त पातलो प्रोफाइलको साथ फाइन्ड एन५ लन्च गर्दैछ भने ओप्पोको उक्त फोल्डेबललाई पछिल्लो आईप्याड प्रोसँग तुलना गरिएको तस्बिर सार्वजनिक भएको छ।
उक्त तस्बिरलाई ओभरसिज मार्केटिङका अध्यक्ष बिली झाङले साझा गरेको बताइएको छ जसले सोशल मिडियामा कम्पनीले “फोल्ड वा अनफोल्ड गरी दुबै अवस्थामा एक अप्टिमल एक्सपिरियन्स (अनुभव)” सुनिश्चित गर्न आफ्नो इन्जिनियरिङलाई धक्का दिएको दावी गरेको उल्लेख छ।
त्यसैगरी डिभाइस उही सामाजिक नेटवर्कको ह्यान्ड्स–अन फोटोहरूमा पनि देखा परेको बताइएको छ जसले थिन (पातलो) प्रोफाइल र क्यामरा पङ्क्तिबद्धता खुलासा गरेको छ जुन अघिल्लो तस्बिररूसँग मेल खाएको उल्लेख गरिएको छ।
एप्पल ट्याब्लेटसँग ओप्पोको तुलना अप्रत्याशित भने नभएको बताइएको छ। चिनियाँ कम्पनीले प्रायः आफ्नो र क्यूपर्टिनो ब्रान्डको बीचमा यस प्रकारको तुलना गर्ने गरेको उल्लेख छ।
उक्त लाइभ ईमेज (तस्बिररू) डिभाइस प्रभावशाली रुपमा पातलो भएको देख्न सकिने बताइएको छ। साथै डिभाइसमा यूएसबी–सी पोर्ट, नोटिफिकेसन स्लाइडर र फिङ्गरप्रिन्ट स्क्यानर होस्ट गर्ने पावर बटन जस्ता केही साना सुविधाहरू पनि देखा परेको उल्लेख गरिएको छ।
ओप्पोले फाइन्ड एन५ लाई मात्र सातवटा सीपीयू कोरसहितको परिमार्जित स्न्यापड्रागन ८ एलिटको साथ लन्च गर्ने उल्लेख गरिएको छ। यद्यपि यसले पर्फमेन्सलाई असर गर्छ कि गर्दैन भन्ने बारेमा कुनै जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १४ माघ २०८१, सोमबार