Technology Khabar १४ माघ २०८१, सोमबार
काठमाडौं ।
गुगलले आइडेन्टिटी चेक नामक नयाँ सुरक्षा सुविधा घोषणा गरेको छ जुन एन्ड्रोइड १५ बाट उपलब्ध हुनेछ। यसले प्रयोगकर्ताको स्थानको आधारमा बायोमेट्रिक भेरिफिकेसन (प्रमाणीकरण) मार्फत प्रयोगकर्ता डाटा सुरक्षाको अतिरिक्त स्तर ल्याएको उल्लेख छ।
संवेदनशील कार्यहरू जस्तै पिन कोड परिवर्तन, सेक्योरिटी सेटिङहरूलाई फिंगरप्रिन्ट वा फेसियल रिक्गनिसन भेरिफिकेसन (अनुहार पहिचान प्रमाणीकरण) आवश्यक पर्ने उल्लेख गरिएको छ।
घर वा कार्यालय जस्ता परिचित ठाउँहरूमा भने यी जाँचहरू आवश्यक नपर्ने टेलिग्राफले रिपोर्ट गर्दछ।
प्रमाणीकरण आवश्यक नपर्ने खण्डमा भने प्रयोगकर्ताहरू आफैंले सुरक्षित स्थानहरू परिभाषित गर्न सक्ने छन्, जसले ती स्थानहरू बाहिर हुँदा सुरक्षा कायम राख्दै सजिलो प्रयोगको लागि अनुमति दिने उल्लेख गरिएको छ।
आईडेन्टिटी चेक (पहिचान जाँच) विद्यमान थेफ्ट डिटेक्सन (चोरी पत्ता लगाउने) लक प्रणालीमा फिट हुने बताइएको छ जसले सम्भावित चोरीहरू पहिचान गर्न आर्टिफिसियल इन्टेलिजेन्स (कृत्रिम बुद्धिमता) र सेन्सरहरू प्रयोग गर्दछ भने सुरक्षाको अतिरिक्त स्तर पनि प्रदान गर्दछ।
यस सुविधाले व्यक्तिगत डाटा, बैंकिङ एपहरू र सामाजिक सञ्जालहरूलाई अनधिकृत पहुँचबाट जोगाउने उल्लेख गरिएको छ। बायोमेट्रिक भेरिफिकेसन (प्रमाणीकरण) ले डिभाइस चोरी भए पनि डाटा सुरक्षित गर्ने बताइएको छ।
एन्ड्रोइड १५ भएका गुगल पिक्सेल र वान यूआई ७ इन्टरफेस भएका सामसङ ग्यालेक्सी डिभाइसहरूले सुरुमा यो सुविधा प्राप्त गर्नेछन् भने सन् २०२५ मा यो अन्य एन्ड्रोइड फोनहरूमा पनि उपलब्ध हुने टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: १४ माघ २०८१, सोमबार