नियामकको निर्देशनपछि भारतमा टेलिकम कम्पनीले ल्याए भ्वाइस र एसएमएसका लागि छुट्टै ट्यारिफ योजना

  • Technology Khabar | १३ माघ २०८१, आईतवार
नियामकको निर्देशनपछि भारतमा टेलिकम कम्पनीले ल्याए भ्वाइस र एसएमएसका लागि छुट्टै ट्यारिफ योजना

काठमाडौं ।

दूरसञ्चार क्षेत्रको नियामक निकायको निर्देशनपछि भारतीय दूरसञ्चार कम्पनीहरूले कल र एसएमएसका लागि मात्र ट्यारिफ योजनाहरू सुरु गरेका छन्। यी योजनाहरू भारतीय दूरसञ्चार नियामक प्राधिकरण (ट्राई) को नियमहरूको पालना गर्न उपलब्ध गराइएको हो।

स्थानीय मिडियाहरुकाअनुसार, ट्राईले यी ट्यारिफ योजनाहरू सुरु भएको सात दिन भित्र रिपोर्ट गर्नुपर्ने बताएको छ।

गत वर्षको अन्त्यतिर ट्राईको निर्देशन पछि यी ट्यारिफ योजनाहरू सुरु गरिएको हो। ट्राईले यी योजनाहरू प्रस्तुत गर्न टेलिकम कम्पनीहरूलाई एक महिनाको समयसीमा दिएको थियो। यी प्रिपेड ट्यारिफ योजनाहरू ती भारतीय ग्राहकहरूका लागि हुन् जसलाई डाटा आवश्यक पर्दैन।

रिपोर्टअनुसार, भारती एयरटेल, रिलायन्स जियो, भोडाफोन आइडियासहितले न्यूनतम ४५९ भारतीय रुपैयाँदेखि माथिको योजना ल्याएका छन्। जसको न्यूनतम वैधता ८४ दिनको रहेको छ।

“सेवा प्रदायकले भ्वाइस कल र एसएमएसको लागि कम्तिमा एउटा विशेष ट्यारिफ भौचर प्रस्ताव गर्नुपर्नेछ, जसको वैधता अवधि ३६५ दिनभन्दा बढी नहुने”, ट्राईले संशोधित दूरसञ्चार उपभोक्ता संरक्षण नियमावलीमा भनेको थियो। यसले डाटा प्रयोग नगर्ने प्रयोगकर्ताहरूलाई फाइदा पुर्याउनेछ।

यसका साथै, ट्राईले टेलिकम कम्पनीहरूलाई कुनै पनि मूल्यको रिचार्ज भौचर उपलब्ध गराउन अनुमति दिएको छ। यद्यपि, यी कम्पनीहरूले कम्तिमा भारु १० को रिचार्ज कुपन जारी गर्नुपर्ने मिडिया रिपोर्टमा भनिएको छ।

प्रकाशित: १३ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...