अमेजन वेब सर्भिसेजले भारतमा रहेको क्लाउड पूर्वाधारमा ८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने

Technology Khabar १३ माघ २०८१, आईतवार

काठमाडौं ।

अमेजन वेब सर्भिसेज (एडब्लुएस)ले २०३० सम्ममा भारतको महाराष्ट्रमा क्लाउड पूर्वाधारमा ८ अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने भएको छ।

अमेजन वेब सर्भिसेज (एडब्लुएस) ले भारतमा क्लाउड कम्प्युटिङ क्षमता विस्तार गर्न महाराष्ट्रको एडब्लुएस एसिया-प्यासिफिक (मुम्बई) क्षेत्रमा क्लाउड पूर्वाधारमा ८.३ अर्ब अमेरिकी डलर लगानी गर्ने योजना घोषणा गरेको हो।

यो लगानीले भारतको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) मा १५.३ अर्ब अमेरिकी डलर योगदान गर्ने र २०३० सम्ममा स्थानीय डाटा सेन्टर आपूर्ति श्रृंखलामा वार्षिक ८१,३०० भन्दा बढी पूर्ण-समय रोजगारीलाई समर्थन गर्ने अनुमान गरिएको छ।

प्रकाशित: १३ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया