सेवाग्राहीहरु माथि हुने कुनैपनि दूर्व्यवहार प्रति शुन्य सहनशिलता अपनाईने इनड्राइभको स्पष्टोक्ति

Technology Khabar १२ माघ २०८१, शनिबार

काठमाडौं ।

इनड्राइभले आफ्ना सेवाग्राहीहरु माथि हुने कुनैपनि दूर्व्यवहार प्रति शुन्य सहनशिलता अपनाईने उल्लेख गरेको छ। कम्पनीका एसिया प्यासेफिक रिजनका रिजनल डाइरेक्टर मार्क टलीले हालै भएको एक घट्नाको बारेमा प्रतिकृया दिँदै त्यस्ता गतिबिधिहरुको कडा निन्दा गरेका हुन्।

उनले भने, “इनड्राइभले आफ्ना सेवाग्राहीहरुमाथि गरिने कुनै पनि आपत्तिजनक वा गैरकानूनी कार्य , दूर्व्यवहारपूर्ण वा गैरकानूनी कार्य तथा आचरणलाई कडा रूपमा अस्वीकार गर्दछ साथै यस्ता कार्यप्रति इस्ट्रिक जेरो टोलरेन्स नीति कायम राख्छ र यस्तो व्यवहारको कडा निन्दा गर्दछ।
हामीले हाम्रा सेवाग्राहीको सुरक्षा र सन्तुष्टि, विशेषगरी महिलाहरूको सुरक्षा र उनीहरूको अनुभवलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएका छौं। हालै हामी हाम्रा सेवाग्राहीले भोग्नुपरेको दुःखद घटनाप्रति हामी खेद व्यक्त गर्दछौं र क्षमाप्रार्थी छौँ।”

इनड्राइभ एक जिम्मेवार र आफ्नो सेवाग्राहीहरुलाई अग्रस्थानमा राख्ने कम्पनी भएको भन्दै उनले सो घटनामा सम्बद्ध महिलाको निष्पक्ष न्याय सुनिश्चित गर्न सम्बन्धित निकायहरूसँग पूर्णरूपमा सहकार्य गरिरहेको जानकारी दिएका छन्।

“हामी यस विषयमा सम्बन्धित अधिकारीहरूलाई पूर्ण सहयोग गरिरहेका छौं। हाम्रा सेवाग्राहीहरुको विश्वास हाम्रो मुख्य मान्यता हो र हामी हाम्रो सेवामा निरन्तर सुधार गर्न प्रतिवद्ध छौँ किनकि विश्वव्यापी रूपमा इनड्राइभको लागि सेवाग्राहीहरुको विश्वास एक प्रमुख मूल्य हो,” उनले भनेका छन्।

कम्पनीले प्रयोगकर्ताहरूलाई विभिन्न सुरक्षा सुविधाहरू प्रदान गरिरहेका उनले बताएका छन् । यसमा तुरुन्तै सहयोगको लागि सपोर्टमा टिम सम्पर्क गर्न, प्रहरी वा एम्बुलेन्सलाई सम्पर्क गर्न सहयोग पुर्याउने सेफ्टी बटन रहेको छ।

यसैगरी प्रयोगकर्ताहरूले वास्तविक–समयमा यात्रा स्थितिको लागि साथीहरू वा परिवारसँग आफ्नो सवारी विवरणहरू साझा गर्न सक्ने सेयर योर राईड फिचरका साथै प्रयोगकर्ताहरूलाई प्रत्येक यात्रा पछि चालक वा यात्रुको मूल्याङ्कन गर्न प्रोत्साहित गर्ने रेट योर ड्राइभर एण्ड पेसेन्जर फिचर समेत राखिएको जनाएको छ।

प्रकाशित: १२ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया