Technology Khabar १२ माघ २०८१, शनिबार
काठमाडौं ।
सामसङ ग्यालेक्सी एस२५ सिरिजले डोर्मेन्ट स्याटेलाइट कम्युनिकेसन समर्थन गर्ने भएको छ। आधिकारिक रूपमा स्न्यापड्रागन स्याटेलाइट समर्थन गर्ने सामसङका तीनवटा एस२५ सिरिज पहिलो फोन भएको बताइएको छ।
यसले प्रयोगकर्ताहरूलाई स्याटेलाइट (उपग्रह) मार्फत न्यारोब्यान्ड (एनबी) मार्फत नन्–टेरेसट्रियल नेटवर्कहरू (एनटीएन) मा सन्देशहरू पठाउन र प्राप्त गर्न अनुमति दिनेछ। क्वालकमले एस२५ सिरिजको लन्च पछि एक प्रेस विज्ञप्तिमा यस सुविधाको पुष्टि गरेको उल्लेख छ।
स्न्यापड्रागन ८ एलिट चिपसेटको भाग भएको र स्न्यापड्रागन स्याटेलाइट विशेष गरी यो स्न्यापड्रागन एक्स८० ५जी मोडेम भएको बताइएको छ। यद्यपि सामसङले आफ्नो फ्ल्यागशिपहरूमा वास्तविक स्याटेलाइट कम्युनिकेसन सपोर्ट (उपग्रह जडान समर्थन) सक्रिय नगरेको उल्लेख छ।
यो सुविधा सम्भवतः क्षेत्र–निर्भर हुनेछ र प्रयोगकर्ताहरूले उपग्रह मार्फत सन्देशहरू पठाउन र प्राप्त गर्न सुरु गर्नु अघि सामसङले सफ्टवेयर अपडेट पुस गर्नुपर्ने उल्लेख गरिएको छ।
यद्यपि सामसङले स्याटेलाइट कम्युनिकेसन फिचरको मूल्य कसरी निर्धारण गर्छ र कुन कुन क्षेत्रले यसमा पहुँच पाउनेछ भनेर जान्नको लागि पखर्नुपर्ने भएको छ।
साथै हार्डवेयर पहिले नै अवस्थित रहेको हुनाले अन्य स्न्यापड्रागन ८ एलिट फोनहरूले स्न्यापड्रागन स्याटेलाइटमा पहुँच प्राप्त गर्नेछन् या छैनन् भनेर हेर्नको लागि पनि रोचक हुने जीएसएमएरिनाले उल्लेख गरिएको छ।
प्रकाशित: १२ माघ २०८१, शनिबार