६ महिनामा १३ अर्बमाथिको विद्युतीय चार पाङ्ग्रे सवारी साधन आयात

Technology Khabar १२ माघ २०८१, शनिबार

काठमाडौं ।

आर्थिक वर्ष २०८१/८१ को छैटौं महिना पौष मसान्तसम्म नेपालमा १३ अर्ब १० करोड ८० लाख ६९ हजार रुपैयाँ बराबरको विद्युतीय चारपाङ्ग्रे गाडी आयात भएको छ।

भन्सार विभागले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को पौष मसान्तसम्मको वैदेशिक व्यापार प्रतिवेदनमा यो आँकडा उल्लेख गरिएको पाइएको हो।

यस अवधिमा उक्त रकम बराबरको ५ हजार ४८० थान चारपाङ्रे विद्युतीय सवारी साधन आयात भएको हो।

प्रतिवेदनका अनुसार यसरी भित्रिएका चारपाङ्ग्रे सवारी साधनमा विशेषगरी सामान्य कार, जीप र भ्यानका साथै अतिरिक्त मोटर पावर भएका कार, जीप र भ्यान रहेका छन्। यो सूचीमा तीनपाङ्रे र दुईपाङ्रे सावारी साधनलाई समावेश गरिएको छैन।

भन्सार विभागका अनुसार यस अवधिमा चीन, भारत र जर्मनी र दक्षिण कोरिया अमेरिका गरी विश्वका पाँच देशबाट ती सवारी साधन भित्रिएका हुन्।

यस्तो छ आयातको विवरण:

५० किलोवाटसम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
चीन५० किलोवाटसम्म९५८१८०५७२३
भारत५० किलोवाटसम्म७६७१३१८६६८

 

५१ देखि १०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
चीन५१-१०० किलोवाटसम्म२७०७६९७९४२४
भारत५१-१०० किलोवाटसम्म४८३९७९४९९
दक्षिण कोरिया५१-१०० किलोवाटसम्म४५८९

 

१०१ देखि २०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
चीन१०१-२०० किलोवाटसम्म५३११८१२३६६
जर्मनी१०१-२०० किलोवाटसम्म१७११५७८३
द. कोरिया१०१-२०० किलोवाटसम्म७९७९
अमेरिका१०१-२०० किलोवाटसम्म१६६०८

 

२०१ देखि ३०० किलोवाटदेखि सम्मको कार, भ्यान र जीप

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
चीन२०१-३०० किलोवाटसम्म४५०४३
जर्मनी२०१-३०० किलोवाटसम्म१७०६८

 

३०० किलोवाटदेखि माथिको कार, भ्यान र जीप

 

विवरणदेशब्याट्री क्षमतापरिमाणरकम
चीन३०० किलोवाटभन्दा माथि८३२३

 

प्रकाशित: १२ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया