Technology Khabar १२ माघ २०८१, शनिबार
काठमाडौं ।
विगतका केही हप्ताहरूमा ह्वावेको मेट एक्सटीको प्रत्यक्ष प्रतिस्पर्धीको रुपमा आउन लागेको सामसङको आगामी ट्राइ–फोल्ड स्मार्टफोनको बारेमा धेरै सुन्नमा आएको छ।
आफ्नो अनप्याक्ड इभेन्ट (कार्यक्रम) मा सामसङले ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+ र ग्यालेक्सी एस२५ अल्ट्रा अनावरण गरेको छ (र ग्यालेक्सी एस२५ एजलाई पनि टिज गरेको छ)।
प्रस्तुतिको क्रममा सामसङले केही सेकेन्डका लागि तस्बिरहरूको झलक देखाएको उल्लेख छ। उक्त तस्बिरहरूमा सामसङको भविष्यको परियोजना ‘मूहान एक्सआर हेडसेट र अझै–घोषित स्मार्ट ग्लासेस’ को एक भागको रूपमा स्पष्ट रूपमा ट्राइ–फोल्ड फर्म फ्याक्टर पनि देखाएको बताइएको छ।
यस विषयको पछिल्लो अफवाहका अनुसार सामसङको पहिलो ट्राइ–फोल्ड स्मार्टफोनको सीमित उत्पादन मात्र २००,००० इकाइहरूको हुनेछ। साथै यो स्पष्ट रूपमा वर्षको तेस्रो त्रैमास (जुलाई र सेप्टेम्बरको बीच) मा आइपुग्ने बताइएको छ।
त्यसैगरी सन् २०२४ को जुलाईमा भएको सामसङको वार्षिक फोल्डेबल डिभाइसको लन्च कार्यक्रमसँग यसले पूर्णरूपमा मेल खाएको उल्लेख गरिएको छ।
सामसङ डिस्प्लेले यस अघि नै दुईवटा ट्राइ–फोल्ड स्क्रिनहरू प्रदर्शन गरिसकेको उल्लेख छ। उक्त दुईवटा ट्राइ–फोल्ड स्क्रिनहरू मध्ये एउटाले मेट एक्सटीको जस्तै जेड–लाइक सेप (जस्तै आकार) लिने बताइएको छ भने अर्को फोन पूर्ण रूपमा फोल्ड हुँदा स्क्रिनको कुनै पनि भाग खुला नहोस् भनेर जी जस्तै फोल्ड हुने उल्लेख गरिएको छ।
सामसङको अनप्याक्ड प्रस्तुतिमा देखाइएको रूपरेखा जेड–शैली फोल्डेबलको भएको बताइएको छ जुन मेट एक्सटी जस्तै हुने उल्लेख गरिएको छ। यद्यपि मूल्य निर्धारणको अनुसार भने यो डिभाइस सामसङको सबैभन्दा महँगो फोल्डेबल हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: १२ माघ २०८१, शनिबार