प्रयोगकर्ताहरूको खातालाई स्वचालित रूपमा इन्स्टाग्राम र फेसबुकमा ट्रम्पलाई फलो नगराएको मेटाको भनाई

  • Technology Khabar | १२ माघ २०८१, शनिबार
प्रयोगकर्ताहरूको खातालाई स्वचालित रूपमा इन्स्टाग्राम र फेसबुकमा ट्रम्पलाई फलो नगराएको मेटाको भनाई

काठमाडौं ।

सोमबार ट्रम्पको सपथपछि तुरुन्तै प्रयोगकर्ताहरूले आफूलाई राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स र प्रथम महिला मेलानिया ट्रम्पलाई स्वचालित रूपमा फलो गरेको बताएका प्रयोगकर्ताहरूलाई मेटाले प्रतिक्रिया दिएको छ।

मेटाका सञ्चार निर्देशक एन्डी स्टोनले थ्रेड्समा बुधबारको बयानमा भनेका छन्,  “मानिसहरूलाई राष्ट्रपति, उपराष्ट्रपति, वा प्रथम महिलाको आधिकारिक फेसबुक वा इन्स्टाग्राम खाताहरू स्वचालित रूपमा फलो गर्न बाध्य पारिएको छैन।

ह्वाइट हाउस द्वारा प्रबन्धित खाताहरूको कन्टेन्ट (सामग्री) मा प्रत्येक नयाँ प्रशासनको साथ परिवर्तन हुन्छ जुन प्रक्रिया मेटाले पछिल्लो राष्ट्रपति प्रक्रियाको समय अवधिमा फलो गरेको (अपनाएको ) उनले थप उल्लेख गरेका छन्।

प्रयोगकर्ताहरूले इन्स्टाग्राम र थ्रेडहरू जस्ता प्लेटफर्महरूमा गुनासो गरेपछि उनीहरूको आफ्नो तर्फबाट कुनै एक्सन्स बिना नै उनीहरू (प्रयोगकर्ताहरू) को खाताले @POTUS, @VPOTUS र @FLOTUS  खाताहरू फलो गर्न थालेको भन्ने कुरो आएको बताइएको छ।

कतिपयले खाताहरूलाई “अनफलो” गर्दा पनि काम नगरेको बताएको टेलीग्राफले उल्लेख गरेको छ।

प्रकाशित: १२ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...