Technology Khabar ११ माघ २०८१, शुक्रबार
काठमाडौं ।
शाओमीले कारको स्वायत्त पार्किङ प्रणालीलाई असर गर्ने सफ्टवेयर समस्याका कारण चीनमा ३०,९३१ एसयू७ इलेक्ट्रिक सेडान फिर्ता बोलाउने घोषणा गरेको छ।
कम्पनीले कारका मालिकहरूलाई सेवा केन्द्रमा जानुपर्ने आवश्यकतालाई हटाउँदै समस्या समाधान गर्न निःशुल्क ओभर–द–एयर (ओटीए) अपडेट रोलिङ आउट (ल्याइरहेको) गरेको उल्लेख छ।
एउटा बगबाट उत्पन्न हुने उक्त समस्याले स्वायत्त पार्किङ प्रणालीलाई खराब बनाउन सक्ने उल्लेख गरिएको छ। शाओमीका अनुसार, एक ग्राहकले उनको एसयू७ ले स्वायत्त पार्किङ प्रक्रियाको क्रममा अप्रत्याशित व्यवहार अनुभव गरेको बताए पछि उक्त समस्या सन् २०२४ को नोभेम्बर १४ तारिखमा देखा परेको बताइएको छ।
कारको डिटेक्सन सिस्टम (पत्ता लगाउने प्रणाली) मा सम्झौता भएको र जसले गर्दा पार्किङका क्रममा कोतरिएर ठोक्किन पुगेको उल्लेख गरिएको छ।
शाओमी एसयू७ को रिकल विवरणहरू
शाओमीको रिकलमा विशेष गरी सन् २०२४ को फेब्रुअरी ६ र सन् २०२४ को नोभेम्बर २६ तारिखको बीचमा निर्मित एसयू७ स्ट्याण्डर्ड भेरियन्टको ३०,९३१ इकाइहरूलाई लक्षित गरिएको बताइएको छ।
आन्तरिक नम्बरहरू बीजे७०००एमबीईभीआर२, एक्सएमए७००००एमबीईभीआर२ र एक्सएमए७०००० एमबीईभीआर५ भएका गाडीहरू यस रिकलमा समावेश रहेका छन्।
शाओमीले क्लाउड सेवा भित्रको स्वायत्त पार्किङ प्रणालीलाई समर्थन गर्ने टाइमिङ सिङ्क्रोनाइजेसन समस्यामा खराबीको कारण पत्ता लगाएको उल्लेख छ।
साथै कम्पनीले क्लाउड साइडमा सुधारात्मक उपायहरू लागू गरेको र स्मार्ट पार्किङ असिस्टेन्स सिस्टम (सहायता प्रणाली) आफैमा अतिरिक्त सुरक्षाहरू थपेको उल्लेख गरिएको छ। यी चरणहरूले समस्या दोहोरिने जोखिमलाई प्रभावकारी रूपमा हटाउने शाओमीले बताएको छ।
एसयू७ का मालिकहरूको लागि सुविधाजनक ओटीए अपडेट
समाधानको प्रभावकारिता सुनिश्चित गर्नको लागि दुई महिनाको परीक्षण र प्रमाणीकरणपछि शाओमीले ओटीए मार्फत सफ्टवेयर अपडेट रोल आउट गर्ने उल्लेख गरिएको छ।
यसको मतलब एसयू७ का मालिकहरूले सेवा अपोइन्टमेन्टको समय तालिका वा सेवा केन्द्रमा जाने झन्झट बिना आफ्नो गाडीहरू फिक्स गर्न सकिनेछ।
उनीहरूलाई अपडेटको बारेमा सूचित गरिनेछ भने उनीहरूले सजिलैसँग आफ्नो कारको बिल्ट–इन इन्टरनेट जडान मार्फत एयरमा स्थापना गर्न सक्ने गीज्मोचाइनाले उल्लेख गरेको छ।
प्रकाशित: ११ माघ २०८१, शुक्रबार