
काठमाडौं ।
युरोपेली संघ (यूरोपीयन युनियन–ईयू) ले नियमहरूको पालना नगरेमा सोसल मिडिया प्लेटफर्म एक्स लाई जरिवाना, निलम्बन वा प्रतिबन्ध लगाउन पनि सक्छ भनि युरोपेली आयोग (यूरोपीयन कमिसन–ईसी) का कार्यकारी उपाध्यक्ष स्टेफेन सेजोर्नले घोषणा गरेका छन्।
फ्रान्स इन्टरसँगको एक अन्तर्वार्तामा स्टेफेन सेजोर्नले आयुक्त, हेना विरकुनेनले गत हप्ता पहिले ट्विटर भनेर चिनिएको एक्स प्लेटफर्मका मालिक इलन मस्कविरुद्धको अनुसन्धान विस्तार गरेको स्मरण गरेका छन्।
‘ईयूका नियमहरू लागू गरिनेछ’ भन्दै सेजोर्नले ‘मस्कले अति दक्षिणपन्थी अल्टरनेटिभ फर जर्मनी (एएफडी) को लागि समर्थन गरेसँगै युरोपमा मस्कको राजनीतिक हस्तक्षेपको बारेमा पनि समावेश रहेको हालैका हप्ताहरूमा भएका सबै छलफलहरूलाई कमिश्नरको प्रतिवेदनले ध्यानमा राख्ने’ उल्लेख गरेका छन्।
“प्रतिबन्धहरू धेरै बलियो हुन सक्छ र अरबौं यूरोमा पुग्न सक्छ। अन्ततः, यसले एक्स प्लेटफर्ममा प्रतिबन्ध लगाउन सक्छ” सेजोर्नले बताएको टेलीग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ११ माघ २०८१, शुक्रबार