Technology Khabar ११ माघ २०८१, शुक्रबार
काठमाडौं ।
च्याटजीपीटी आउटेज पछि पुनः सुचारू भएको छ। संसारको सबैभन्दा लोकप्रिय आर्टिफिसियल इन्टेलिजेन्स (एआई) टुल “अफलाइन भएपछि” यो फेरि चलिरहेको उल्लेख गरिएको छ।
वेबसाइट आउटेजहरू ट्र्याक गर्ने ‘डाउनडिटेक्टर’ले ओपनएआईको एआई च्याटबटले बिहीबार बेलायतमा काम गरिरहेको छैन भनि १०,००० भन्दा बढी मानिसहरूले रिपोर्ट गरेको देखाएको छ भन्दै विदेशी मिडियालाई उद्धृत गरि टेलिग्राफले उल्लेख गरेको छ।
ओपनएआईले आफ्नो स्ट्यास पेज (पृष्ठ) मा फिक्स लागू गरिएको र फर्मले “नतिजाहरू अनुगमन गरिरहेको” बताएको छ।
यद्यपि, अवरोधको कारणबारे सार्वजनिक रूपमा टिप्पणी नगरिएको उल्लेख छ।
साथै, धेरै मानिसहरूले भने सामाजिक सञ्जालमा समस्या र त्यसले निम्त्याएको समस्यालाई उजागर गरेका छन्।
सन् २०२२ को नोभेम्बरदेखि सिनमा प्रवेश गरेदेखि च्याटजीपीटीले एआई–संचालित टुल्सहरूमा ठूलो विश्वव्यापी चासो – र लगानी – जगाएको टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ११ माघ २०८१, शुक्रबार