चीनद्वारा नयाँ भूउपग्रह प्रक्षेपण

  • Technology Khabar | १० माघ २०८१, बिहीबार
चीनद्वारा नयाँ भूउपग्रह प्रक्षेपण

काठमाडौं ।

चीनले उत्तरी चीनको साङ्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट बिहीबार ‘नयाँ भूउपग्रह समूह’ अन्तरिक्षमा पठाएको छ।

आठ भूउपग्रहहरूको यो समूहले ‘स्पेससेल कन्स्टलेसन’ गठन गर्नेछ। स्पेससेल कन्स्टेलेसन अन्तरिक्षयानको एउटा समूह हो, जसले सूर्यको प्रकाशको शक्ति प्रयोग गरेर अन्तरिक्षमा यात्रा गर्न सहयोग गर्दछ। उक्त प्रक्षेपण दिउँसो १ः१५ मा गरिएको थियो।

प्रक्षेपण लङ मार्च क्यारियर रकेट शृङ्खलाको ५५७औँ उडान मिसन हो।

साङ्घाई एकेडेमी अफ स्पेसफ्लाइट टेक्नोलोजीद्वारा विकसित रकेटलाई अक्सिजन र केरोसिन प्रोपेलेन्टको साथ इन्धन गरिएको थियो, जुन प्रदूषणमुक्त छ।

रकेट निर्माताका अनुसार सन् २०२५ मा १० भन्दाबढी अन्तरिक्ष प्रक्षेपण कार्यक्रम हुनेछ।

स्पेससेल एक चिनियाँ भूउपग्रह ‘मेगा कन्स्टेलेसन’ हो। यसले सन् २०२४ अगस्ट ६ मा व्यावसायिक नेटवर्कको निर्माण सुरु गर्यो। रासस/सिन्ह्वा

प्रकाशित: १० माघ २०८१, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...