सामसङ ग्यालेक्सी एस२५ स्लिम मे महिनाअघि रिलिज नहुने

  • Technology Khabar | ९ माघ २०८१, बुधबार
सामसङ ग्यालेक्सी एस२५ स्लिम मे महिनाअघि रिलिज नहुने

काठमाडौं ।

सामसङले आजको अनप्याक्ड कार्यक्रममा ग्यालेक्सी एस२५ सिरिज आधिकारिक रूपमा अनावरण गर्ने भएको छ। पोस्टरले प्रदर्शन गरिएका चारवटा नयाँ फोनहरू – ग्यालेक्सी एस२५, ग्यालेक्सी एस२५+, ग्यालेक्सी स२५ अल्ट्रा र एकदम नयाँ ग्यालेक्सी एस२५ स्लिम उक्त अनप्याक्ड कार्यक्रममा देख्ने अनुमान गरिएको छ।

यद्यपि ग्यालेक्सी एस२५ स्लिमको रिलीज भने मे महिना सम्मको लागि ढिलाइ गरिने भएको चीनबाट आएको अफवाहले उल्लेख गरेको छ।

नयाँ ग्यालेक्सी एस२५ स्लिम केवल ६.५ एमएम पातलो हुने अपेक्षा गरिएको छ। यद्यपि फुटप्रिन्टको सन्दर्भमा भने ग्यालेक्सी एस२५ स्लिम ग्यालेक्सी एस२५ प्लस र ग्यालेक्सी एस२५ अल्ट्राको बीचमा हुने उल्लेख गरिएको छ। यस ग्यालेक्सी एस२५ स्लिममा १०८०पी भन्दा बढी रेजोल्युसन र १२० हर्ज रिफ्रेस रेट भएको ६.६इन्चको एएमओएलईडी प्यानल हुने बताइएको छ।

यो ग्यालेक्सी एस२५ स्लिम नयाँ सिलिकन–कार्बन ब्याट्रीको साथ आउने सम्भावना रहेको बताइएको छ जुन सम्भवतः लगभग ५,००० एमएएच हुने उल्लेख गरिएको छ।

सामसङले स्लिमको रिलीजमा ढिलाइ गर्ने भन्ने कुरा सुनेको यो पहिलो पटक भने नभएको र चीनको उक्त सन्देशको बारेमा अझै पनि अनिश्चित रहेको उल्लेख गरिएको छ। यस बारे आज (बुधवार) साँझ ६ बजे (यूटीसी) मा हुने अनप्याक्ड कार्यक्रमबाट स्पस्ट जानकारी आउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ९ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...