Technology Khabar ९ माघ २०८१, बुधबार
काठमाडौं ।
चीनले दुई खुट्टा भएको रोबोट र १२,००० मानव धावकहरू बीचको पहिलो हाफ म्याराथन आयोजना गर्ने भएको छ।
टेक्नोलोजी परीक्षणको लागि भनेर २० वटा विभिन्न टेक्नोलोजी फर्महरूबाट दर्जनौं दुई खुट्टा भएको रोबोटहरू अप्रिलमा बेइजिङ्गमा हुने म्याराथनको स्टार्टिङ लाइनको पछाडि लाइन लाग्ने अपेक्षा गरिएको छ।
चीनले अमेरिकाको बिरूद्ध आर्टिफिसियल इन्टेलिजेन्स (एआई) दौडमा आफूलाई अगुवा साबित गर्ने प्रयासलाई तीव्र पारेको बेला यो ईन्जिनियरिङ् प्रदर्शनी आएको टेलिग्राफले रिपोर्ट गरेको छ।
मेकानिकल दावेदारहरूका साथै उक्त म्याराथनमा १२,००० मानिसहरू हुनेछन् जसले टेक्नोलोजी र यसको मानव मोडेलहरू बीच तुलना गर्न अनुमति दिने उल्लेख गरिएको छ।
सधैं झैँ प्रथम, दोस्रो र तेस्रो स्थानलाई पुरस्कार दिइने बताइएको छ भने यस पटक पदकहरू रोबोटको चिसो धातुको घाँटीमा झुण्डीने सम्भावना रहेको बताइएको छ।
प्रतियोगीहरूले शहरको २१–किलोमिटर (१३–माइल) मार्गमा दौडिने उल्लेख गरिएको छ।
प्रतियोगितामा संलग्न रोबोटहरू विभिन्न निर्माताहरूबाट आएका छन््। यद्यपि प्रतियोगितामा भाग लिन सक्ने रोबोटको प्रकारमा प्रतिबन्धहरू रहेका छन्।
मेशिनहरू ह्यूमनोइड (मानवीय) हुनुपर्ने अर्थात् तिनीहरूले मानिससँग बलियो समानता बोकेको हुनु पर्ने उल्लेख गरिएको छ।
तिनीहरूले पाङ्ग्राहरू प्रयोग गर्ने कुनै पनि चीज बाहेक (दुई खुट्टाको साथ) बाईपेडल हिड्ने वा दौडन सक्षम हुनुपर्ने टेलिग्राफले उल्लेख गरेको छ।
प्रकाशित: ९ माघ २०८१, बुधबार