कथित आईफोन १७ सिरिजको ब्याक प्यानल फेरि लीक भयो

Technology Khabar ९ माघ २०८१, बुधबार

काठमाडौं ।

गत महिना आईफोन १७ प्रो (कथित) को पछाडि ट्रेडिशनल (पारम्परिक) स्क्वायर कटआउटको सट्टा क्यामरा भाइजर सहितको लीक भएका फोटोहरू देखा परेका थिए। यद्यपि उक्त अफवाहको पछि गएर खण्डन गरिएको थियो।

यसैक्रममा अब अरु फोटोहरू देखा परेका छन् जसले आईफोन १७ सिरिजले वास्तवमा भाइजर डिजाइन नै अपनाउने छ भनेर सुझाव दिएको छ।

टिपस्टर माजिन बुले सार्वजनिक गरेको उक्त तस्बिरमा आईफोन १७ सिरिजको दुईवटा ब्याक प्यानलहरू देखा परेका छन्। हाल देखा परेका डिभाइसहरू कुन हो भनेर पुष्टि गर्न नसकिए तापनि यसको सिङ्गल (एकल) क्यामरा कटआउटले भने यो सम्भवतः अधिक किफायती मोडेलहरू मध्ये एक हुन सक्ने संकेत गरेको छ।

अफवाह गरिएको आईफोन १७ एयरमा पछाडि एकल क्यामरा समावेश हुने अपेक्षा गरिएको छ। त्यसैले यी नयाँ तस्बिरहरूले आईफोन १७ एयर फोनको ब्याक प्यानललाई प्रदर्शन गरेको हुन सक्ने उल्लेख गरिएको छ।

यद्यपि आईफोन १७ सिरिज लन्च हुनबाट अझै पनि कम्तिमा आठ महिना बाँकी रहेको अवस्थामा अन्तिम डिजाइन पुष्टि गर्न वा अस्वीकार गर्नको लागि थप लीक र अफवाहहरूको लागि प्रशस्त समय रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ९ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया