नयाँ कर नीति लागू हुने सम्भावनाबीच सामसङ र एलजीले आफ्ना केही प्लान्ट मेक्सिकोबाट अमेरिका सार्ने

  • Technology Khabar | ९ माघ २०८१, बुधबार
नयाँ कर नीति लागू हुने सम्भावनाबीच सामसङ र एलजीले आफ्ना केही प्लान्ट मेक्सिकोबाट अमेरिका सार्ने

काठमाडौं ।

दक्षिण कोरियाली कम्पनीहरू सामसङ इलेक्ट्रोनिक्स र एलजी इलेक्ट्रोनिक्सले आफ्ना केही घरेलु उपकरणहरूको उत्पादन प्लान्ट मेक्सिकोबाट अमेरिका स्थानान्तरण गर्नेबारे विचार गरिरहेका एक दक्षिण कोरियाली पत्रिकाले मंगलबार रिपोर्ट गरेको छ।

रोयटर्सका अनुसार यो समीक्षा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा र मेक्सिकोबाट आयात हुने सामानमा २५ प्रतिशत भन्सार शुल्क लगाउने प्रस्ताव फेब्रुअरी १ देखि लागू गर्ने बताएपछि सुरु भएको हो।

कोरिया इकोनोमिक डेलीका अनुसार सामसङ इलेक्ट्रोनिक्सले मेक्सिकोको प्लान्टमा निर्मित ड्रायरहरू उत्पादन दक्षिण क्यारोलिनास्थित आफ्नो प्लान्टमा सार्नेबारे विचार गरिरहेको छ।

यस्तै एलजी इलेक्ट्रोनिक्सले मेक्सिकोको प्लान्टबाट फ्रिजहरूको उत्पादन टेनिसीस्थित आफ्नो प्लान्टमा सार्नेबारे विचार गरिरहेको छ। यस प्लान्टले वासिङ मेसिन र ड्रायरहरू उत्पादन गर्ने रोयटर्सले उल्लेख गरेको छ।

सामसङले विश्वका धेरै स्थानमा उत्पादन केन्द्रहरू सञ्चालन गर्ने भएकाले अवस्था हेरेर लचिलो रूपमा प्रतिक्रिया जनाउने बताएको छ।

प्रकाशित: ९ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार