Technology Khabar ९ माघ २०८१, बुधबार
काठमाडौं ।
गत हप्ता एउटा अफवाहले आगामी सामसङ ग्यालेक्सी एस२५ स्लिम “लगभग निश्चित रूपमा अमेरिकी क्यारियरहरू मार्फत बिक्री गरिने छैन” भनि दावी गरेको थियो।
एउटा नयाँ अफवाहले एस२५ स्लिम उपलब्ध हुने देश र क्षेत्रहरूको कथित सूचीको खुलासा गरेको छ। उक्त सूचीमा ३९ स्थानहरू रहेको बताइएको छ। यद्यपि सामसङले ग्यालेक्सी एस२५ परिवारका अन्य तीन सदस्यहरू बिक्री गरिने ठाउँको तुलनामा भने यो सूचीमा धेरै छोटो भएको उल्लेख गरिएको छ।
एस२५ स्लिम उपलब्ध हुने देश र क्षेत्रहरूको कथित सूचीमा अफगानिस्तान, अष्ट्रेलिया, अस्ट्रिया, ब्राजिल, क्रोएसिया, इजिप्ट, फ्रान्स, भारत, इराक, आयरल्याण्ड, इजरायल, काजाकिस्तान, केन्या, लिबिया , मलेशिया, मेक्सिको, मोन्टेनेग्रो, मोरक्को, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, पोल्याण्ड, पोर्चुगल, रुस, साउदी अरेबिया, सेनेगल, सर्बिया, सिङ्गापुर, स्लोभेनिया, दक्षिण अफ्रिका, श्रीलंका, स्विजरल्याण्ड, थाइल्याण्ड, ट्युनिसिया, टर्किए, यूएई, यूके, उज्बेकिस्तान र भियतनाम रहेका छन्। थप रूपमा, ककेशसको क्षेत्र पनि उल्लेख गरिएको छ।
यद्यपि सूचीमा अमेरिका भने समावेश नगरिएको देख्न सकिने उल्लेख गरिएको छ। यदि यो सूची सही भएमा एस२५ स्लिम अमेरिकामा क्यारियरहरू मार्फत बिक्री गरिने छैन।
त्यसोभए एस२५ स्लिम अमेरिकामा बिक्री नै नगरिने हो त भन्ने प्रश्न खडा भएको छ। त्यसैगरी सूचीमा क्यानाडा चीन, जर्मनी, इटाली, स्पेन जस्ता देशहरू समावेश छैन। यसबाहेक सामसङको आफ्नै घरेलु बजार कोरिया पनि सूचीमा देख्न नसकिने उल्लेख गरिएको छ।
सामसङ ग्यालेक्सी एस२५ स्लिमको रिलीज एक सीमित रिलीज हुने जस्तो देखिएको बताइएको छ (कम्तिमा भौगोलिक रूपमा)। ग्यालेक्सी जेड फोल्ड स्पेशल एडिसन जत्तिकै सीमित नभए तापनि केही रूपमा भने अझै सीमित हुने जस्तो देखिएको भनि उल्लेख गरिएको छ।
सामसङले किन यस्तो गर्न खोजेको हो भन्ने बारेमा थाहा छैन। सायद कम्पनीको बजार अनुसन्धानले यी देशहरू र क्षेत्रहरूका मानिसहरूले मात्र वास्तवमा एस२५ स्लिम किन्न सक्नेछन् भनेर देखाएको एक अनुमान गरिएको छ।
त्यसैगरी जनवरी २२ तारिखमा हुने सामसङको आगामी अनप्याक्ड लन्च कार्यक्रममा ग्यालेक्सी एस२५, एस२५+ र एस२५ अल्ट्राको साथमा एस२५ स्लिम पनि प्रदर्शन हुन सक्ने बताइएको छ।
साथै एस२५ स्लिम अन्य तीन (ग्यालेक्सी एस२५, एस२५+ र एस२५ अल्ट्रा) भन्दा पछि उपलब्ध हुने उल्लेख गरिएको छ। सामसङ ग्यालेक्सी एस२५ स्लिम ६.४ एमएम मोटो हुने अपेक्षा गरिएको छ जसले गर्दा यो सबैभन्दा पातलो एस२५ हुने जीएसएमएरिनाले उल्लेख गरिएको छ।
प्रकाशित: ९ माघ २०८१, बुधबार