आर्थिक वर्षको शुरुवाती ६ महिनामा पौने १७ अर्ब बराबरको स्मार्टफोन भित्रियो

Technology Khabar ९ माघ २०८१, बुधबार

काठमाडौं ।

नेपालमा स्मार्टफोनको आयात मासिक तथा वार्षिक रुपमा बढ्दो क्रममा रहेको पाइएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको पौष महिनासम्मको वैदेशिक व्यापारको तथ्यांक अनुसार नेपालमा अघिल्ला महिनाहरुमा झैं स्मार्टफोन आयात बढ्ने प्रवृत्तिले निरन्तरता पाएको हो।

चालु आर्थिक वर्ष २०८१/८२ को छैटौं महिना अर्थात् पौष मसान्तसम्म १६ अर्ब ७१ करोड ३९ लाख ३० हजार रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको छ। यस अवधिमा उक्त रकम बराबरको ११ लाख ११ हजार ५५६ थान स्मार्टफोन आयात भएको हो।

चालु आवको पूर्वार्द्धसम्ममा सरकारले स्मार्टफोनको आयातबाट ३ अर्ब ११ करोड ६८ लाख ४९ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। नेपालमा यो अवधिमा ५१ मुलुकबाट व्यावसायिक तथा व्यक्तिगत प्रयोजनका लागि १ देखि लाखौं सेट स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

नेपालमा सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आउने गरेको छ। यो महिनामा चीनबाट ११ अर्ब ५९ करोड ५२ लाख ८४ हजार रुपैयाँ बराबरको ८ लाख ५९ हजार ४२५ थान स्मार्टफोन आयात भएको छ।

भारतबाट ४ अर्ब ८२ करोड ५४ लाख १३ हजार रुपैयाँ बराबरको २ लाख ४८ हजार १७१ थान स्मार्टफोन आएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।

बाँकी ४९ मुलुकबाट पनि विभिन्न परिमाण र रकमका स्मार्टफोनहरु आयात भएका छन्।

यस्तो छ तालिका

तीन अंकमाथिको सङ्ख्यामा आयात भएको विवरण

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
चीन८५९४२५११५२५९८४
भारत२४८१७१४८२५४१३
भियतनाम१०२६११४८
सं. रा. अमेरिका६६७७९२६७
जापान६०५४७४९५
यूएई४७५५८३०२
दक्षिण कोरिया२६२१९६३९
अस्ट्रेलिया२५८२८९८१
कतार१४५१७७१५
१०बेलायत१०४१११६८

२ अंकसम्मको सङ्ख्यामा आयात भएको विवरण

क्रं सदेशविवरण (थान)रकम (हजारमा)
हङकङ९७८२०९
कुवेत९५१५२९
क्यानडा53५५१४
मलेसिया३२१५५४
साउदी१५९७९
पोर्चुगल१२४५५
स्विजरल्याण्ड१२९८४

यसबाहेक बाँकी ३४ देशबाट २ हजारदेखि १ लाख २१ हजार १०० सम्मका १ देअि ९ थान स्मार्टफोन आयात भएको पाइएको छ।

प्रकाशित: ९ माघ २०८१, बुधबार

तपाइको प्रतिक्रिया