Technology Khabar ८ माघ २०८१, मंगलवार
काठमाडौं ।
नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ ले ‘सुशान्त केसी लाइभ ईन नेपाल’ कन्सर्टको आधिकारिक टिकटिङ पार्टनरको रूपमा टिकट बुकिङ खुल्ला गरेको छ।
टि आर एन इभेनट्स नेपाल र एस के सी सँग सहकार्य गर्दै आयोजित यस कन्सर्टमा सबै वर्गको स्रोताहरू माझ लोकप्रिय बनेका सुशांत केसीले करिब साढे दुई वर्ष पछि लाइभ म्युजिकल प्रस्तुती दिँदैछन् भने यस कन्सर्टको टिकटिङको एक मात्र साझेदार को रूपमा खल्तीले जिम्मा लिएको छ ।
फागुन २४ (मार्च ०८) मा सल्लाघारी ग्राउन्ड, भक्तपुरमा हुन गइरहेको यस भव्य कन्सर्टको टिकट खल्ती प्रयोगकर्ताहरूले सजिलै खल्ती एप तथा events.khalti.com मार्फत खरिद गरी आफ्नो ठाउँ समयमै सुनिश्चित गर्न सक्ने खल्तीले जनाएको छ।
बार्दली, सारङ्गी, गुलाबी, पर्खन, साथी, आमा जस्ता चर्चित गीतहरूले सुशांत केसी परिचित छन् भने उनका गीतका शब्दहरू धेरै दर्शकका मुखमा कण्ठस्थ छन् ।
सुशांत केसीले कन्सर्टका लागि आफ्नो उत्साह व्यक्त गर्दै भने, “काठमाडौँमा प्रस्तुति दिनु सधैँ विशेष अनुभव हो। दर्शकहरूको समर्थन, माया मेरो प्रेरणा हो र मार्च ०८ मा सबैलाई संगीतको यात्रामा सहभागी गराउन उत्साहित छु । ”
यस बारे ‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्का भन्छन्, “ अरिजित सिंह, आतिफ असलम, प्रतिक कुहाड, सज्जन राज वैद्य र अनेकौँ लाइभ शो मा टिकटिङ पार्टनरको रूपमा उल्लेखनीय सफलता अनि जुबिन नौटियालको आउँदो कन्सर्टको घोषणा पश्चात् हामी फेरी पनि ‘सुशान्त केसी लाइभ ईन नेपाल’ को एक मात्र टिकटिङ्ग प्लेटफर्मको रूपमा उपस्थित भएका छौँ।
उनले थपे, “खल्तीलाई एक इनोभेटिभ तथा युवामैत्री लाइफ स्टाईल ब्रान्डको रूपमा स्थापित गराउने उदेश्यलई यस्तो किसिमको सहकार्यहरूले थप साथ दिने कुरामा हामी आशावादी छौँ। यसै उद्देश्यलाई निरन्तरता दिँदै हामीले प्रयोगकर्ताहरूलाई सहज र विना झन्झट तरिकाले टिकट खरिद गर्ने सेवा हाम्रो प्लेटफर्म मार्फत उपलब्ध गराएका छौँ र बढी भन्दा बढी प्रयोगकर्ताहरूले यस सुविधा बाट लाभ लिनु हुनेछ र यस म्युजिकल प्रस्तुतिमा रमाउनुहुनेछ भन्ने अपेक्षा राखेका छौँ।”
प्रकाशित: ८ माघ २०८१, मंगलवार