Technology Khabar ८ माघ २०८१, मंगलवार
काठमाडौं ।
टिकटक अमेरिकामा केही घन्टाको प्रतिबन्धपछि फेरि सञ्चालनमा आएको छ र उक्त परिस्थितिको सदुपयोग गर्दै यसका धेरै प्रतिस्पर्धीहरूले पछिल्ला केही दिनहरूमा आफ्ना प्रयोगकर्ताहरूलाई आकर्षित गर्न चालहरू चालिरहेका छन्।
यसैक्रममा एक्सले टिकटक प्रयोगकर्ताहरूलाई आफ्नो नेटवर्कमा सामेल हुन मनाउनको लागि प्रयास गरेको छ।
एक्सको एपमा अब आफ्नै समर्पित ट्याबको साथ भर्टिकल भिडियो फिड उपलब्ध भएको उल्लेख गरिएको छ। अमेरिकामा टिकटक सञ्चालन केही घण्टाको लागि बन्द भएको हुनाले यो हाल अमेरिकामा मात्र उपलब्ध भएको बताइएको छ।
टिकटक अमेरिकामा फेरि सञ्चालन भएको तथ्यलाई ध्यानमा राख्दा एक्सको यो कदमले भने कुनै प्रभाव पार्नेछ वा छैन भन्ने बारेमा स्पष्टता नभएको उल्लेख गरिएको छ।
राष्ट्रपति–निर्वाचित ट्रम्पले पदस्थापन गरेपछि टिकटोकले “बिक्री गर वा प्रतिबन्धत झेल” को लागि म्याद थपिने सम्भावना रहेको उल्लेख गरिएको छ।
त्यसैले प्रतिबन्ध लागू हुनको लागि अझै केही महिनामा लाग्न सक्ने उल्लेख गरिएको छ। यदि त्यसो भएको खण्डमा भने एक्स आफ्नै टिकटक–जस्तो फिडको साथ तयार हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ माघ २०८१, मंगलवार