Technology Khabar ८ माघ २०८१, मंगलवार
काठमाडौं ।
ओप्पोले आगामी फेब्रुअरी महिनामा फाइन्ड एन५ जारी गर्दैछ। कम्पनीका एक उत्पादन प्रबन्धकले आगामी फोल्डेबलको थप तस्बिरहरू साझा गरेका छन्। उक्त तस्बिरहरूमा ओप्पो फाइन्ड एन५ आफ्नो पातलो प्रोफाइल प्रदर्शन गर्दै आईफोन १६ प्रो म्याक्सको छेउमा देखा परेको उल्लेख छ।
डिभाइसको मोटाई फोल्ड नगर्दा लगभग ३.७ एमएम रहेको बताइएको छ जुन दुईवटा चिनियाँ युआनको एकको सिक्का एक अर्काको माथि खप्ट्याइएको जत्तिकै मोटो हुने उल्लेख गरिएको छ। यसको मतलब यो ४ एमएम थ्रेसहोल्डभन्दा तल जाने विश्वको दोस्रो फोल्डेबल स्मार्टफोन मात्र हुनेछ (पहिलो मेट एक्सटी अल्टिमेट ट्राइ–फोल्ड थियो)।
मोडेल नम्बर पीकेएच११० को साथ गीकबेन्चमा देखा परेको फोन स्न्यापड्रागन ८ एलिटद्वारा संचालित हुने बताइएको छ। यस डिभाइसको नतिजाहरू पछिल्ला क्वालकम चिपमा चलिरहेको अन्य फ्ल्यागशिपहरूसँग मिल्दोजुल्दो रहेको उल्लेख गरिएको छ। यद्यपि सूचीले भने केही रोचक कुराको खुलासा गरेको छ।
फाइन्ड एन५ को सीपीयूमा – २×४.३२ गिगाहर्ज ओरियन भी२ फीनिक्स एल र ५×३.५३ गिगाहर्ज ओरियन भी२ फीनिक्स एमको साथ केवल सातवटा कोरहरू हुनेछन्। क्वालकमले त्यस्ता इकाइहरूलाई किन्न इच्छुक जो कोहीलाई ढुवानी गरिरहेको र ओप्पो ग्राहकहरु मध्ये एक भएको जस्तो देखिएको उल्लेख गरिएको छ।
त्यसैगरी फाइन्ड एन५ रातो रङ्गको फाइन्ड एन३ को छेउमा लीक भएको ह्यान्ड्स–अन फोटोमा पनि देखा परेको उल्लेख गरिएको छ। फाइन्ड एन५ मा तीनवटा क्यामरा र एउटा एलईडी फ्ल्यास सर्कुलर आईल्याण्डमा स्क्वायर फर्मेसन (वर्गाकार संरचना)मा राखिएको हुन सक्ने उल्लेख गरिएको छ।
यद्यपि ओप्पोले फाइन्ड एन५ लाई विश्वव्यापी रूपमा वानप्लस ब्रान्ड अन्तर्गत वा आफ्नै फोनको रूपमा लन्च गर्नेछ भन्ने बारेमा भने ठूलो प्रश्न रहेको जीएसएमएरिनाले उल्लेख गरिएको छ।
प्रकाशित: ८ माघ २०८१, मंगलवार