Technology Khabar ८ माघ २०८१, मंगलवार
काठमाडौं ।
थर्मल थ्रोटलिङ र डिमाडिण्ङ चिपसेटहरूलाई निरन्तर मद्दत गर्नको लागि एन्ड्रोइड ओईएमहरूले वर्षौंदेखि आफ्ना डिभाइसहरूमा भेपर चेम्बर (भीसी) हरू लागू गर्दै आएको छ।
अर्कोतर्फ एप्पलले भने आफ्नो आईफोनहरू चिसो पार्नको लागि हिट सिङ्कहरूमा भर पर्दै आएको छ। यद्यपि यस वर्षको आईफोन १७ सिरिजको साथ उक्त कुलिङ प्रणाली परिवर्तन गरिने अफवाह बाहिरिएको छ।
एप्पलले आईफोन १७ परिवार (प्रो र नन्–प्रो) को सबै मोडेलहरूमा भेपर चेम्बरहरू लागू गर्ने चीनको नयाँ रिपोर्टले सुझाव दिएको छ।
भेपर चेम्बरहरू थोरै मात्रामा लिक्विड (तरल पदार्थ) (सामान्यतया डी–आयोनाइज्ड पानी) सँग सिल गरिएको धातु पदार्थ हुन् जुन चिपसेटबाट उत्पन्न हुने तापमा पर्दा वाष्पीकरण हुने गर्दछ।
त्यसपछि ताप फैलाएर डिभाइसलाई प्रभावकारी रूपमा चिसो पार्न मद्दत गर्नको लागि भेपर (वाफ) चेम्बरको सतहमा फैलिने उल्लेख गरिएको छ।
यद्यपि नयाँ रिपोर्टले प्रख्यात एप्पल विश्लेषक मिंग–ची कुओको अघिल्लो अफवाहको खण्डन गर्दै केवल आईफोन १७ प्रो म्याक्सले भीसी कुलिङ प्रणाली प्राप्त गर्ने सुझाव दिएको छ।
यसबाहेक नन्–प्रो आईफोन १७ भेरियन्टहरूमा अन्ततः हाई–रिफ्रेस–रेट स्क्रिनहरू उपलब्ध हुने अफवाह पनि आएका छन्। ती प्यानलहरू ९०हर्ज वा १२०हर्ज हुनेछन् भन्ने बारेमा भने जानकारी उपलब्ध नभएको जीएसएमएरिनाले उल्लेख गरेको छ।
प्रकाशित: ८ माघ २०८१, मंगलवार