
काठमाडौं ।
एमएडब्लू वृद्धिले आफ्नो अपग्रेड गरिएको र थप शक्तिशाली इलेक्ट्रिक एसयुभी डीपल एस ०७ एल (S07L) सार्वजनिक गरेको छ।
नेपालमा ७५० युनिट बिक्रीको प्रभावशाली कोशेढुङ्गा पार गरिसकेको भविष्यमुखि र प्राविधिक रूपमा उन्नत डीपल S07 को अभूतपूर्व सफलतामा निर्मित डीपल एस ०७ एल ले उन्नत प्रदर्शन, विस्तारित दायरा र अत्याधुनिक सुविधाहरूको साथ विद्युतीय गतिशीलतालाई पुन: परिभाषित गर्ने वाचा गर्ने कम्पनीले उल्लेख गरेको छ।
एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, डीपलका स्टार ब्रान्ड एम्बेसडर र क्यानका सचिव पारस खड्का र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकरियाद्वारा डिपल एस ०७ एल अनावरण गरिएको थियो।
कार्यक्रममा बोल्दै विष्णु अग्रवालले प्रिमियम उत्पादन, उन्नत प्रविधि र उत्कृष्ट आफ्टर सेल्स सेवाहरू मार्फत् ग्राहक अनुभवहरू बृद्धि गर्ने एमएडब्लूको प्रतिबद्धतामा जोड दिए।
“हामीले ९१ वटा चार्जिङ स्टेशनहरू स्थापना गरेका छौं जुन नेपालको सबैभन्दा ठूलो नेटवर्क हो। यो ईभी स्वामित्वलाई निर्बाध र सुविधाजनक बनाउने एमएडब्लू वृद्धिको प्रतिबद्धताकै एक हिस्सा हो,” अग्रवालले भने।
विस्तारित दायरा र शक्तिशाली प्रदर्शन
डीपल एस ०७ एल ले १६० किलोवाट रियर-ह्वील ड्राइभ मोटरको साथमा ईभी बजारमा नयाँ बेन्चमार्क सेट गर्छ जुन ७९.९ किलोवाट आवर किलोवाट आवर को बलियो ब्याट्री प्याकसँग जोडिएको छ। यो पावरहाउस संयोजनले सिंगल चार्जमा असाधारण ४८५ किलोमिट WLTP को दायरा प्रदान गर्दछ जसले लामो दूरीको यात्रालाई चिन्तामुक्त बनाउँछ।
एस ०७ एल को १८० किलोमिटर प्रति घण्टाको उच्चतम गति र केवल ६.६ सेकेन्डमा ०-१०० प्रतिघण्टाको रोमाञ्चक एक्सेलेरेशन रहेको दाबी छ।
उन्नत डिजाइन र प्रविधि
आफ्नो पूर्ववर्तीको विरासतलाई अगाडि बढाउँदै डिपल S07L मा बोल्ड र परिष्कृत डिजाइन रहेको छ। यसका मुख्य विशेषताहरूमा फ्रेमलेस ढोका, २० इन्चको अलोय ह्वील, क्वालकम स्न्यापड्रागन ८१५५ चिपद्वारा संचालित १५.६ इन्चको टचस्क्रिन, अगुमेन्टेड रियालिटी (एआर) हेड-अप डिस्प्ले, जेस्चर कन्ट्रोल, वेलकम सिट, डीएएस २.५ र अन्य धेरै कुराहरु समावेश छन्।
एमएडब्लू वृद्धिले १५ दिनको लागि मात्र ने.रू. ८१.९९ लाखको परिचयात्मक मूल्यमा डीपल एस ०७ एल को लागि विशेष अफर घोषणा गरेको छ। यस अवधि पछि मूल्य बढेर ने.रू. ८४.९९ लाख हुने कम्पनीले जनाएको छ।
प्रकाशित: ७ माघ २०८१, सोमबार