Technology Khabar ६ माघ २०८१, आईतवार
काठमाडौं ।
एसिया निरन्तर रूपमा अनुसन्धान र विकास (आर एन्ड डी) र नवाचारको लागि विश्वव्यापी केन्द्रको रूपमा उभिएको छ। एसियाको विज्ञान र प्रविधि नवाचार क्लस्टरहरूको सङ्ख्या र गुणस्तर दुवैमा उल्लेखनीय वृद्धि भएको प्रतिवेदन गत शुक्रबार सार्वजनिक गरिएको हो।
प्रतिवेदनले सन् २०२३ मा शीर्ष १०० विज्ञान र प्रविधि क्लस्टरहरू मुख्यतया पूर्वी एशिया, पश्चिमी युरोप र उत्तर अमेरिकामा केन्द्रित भएको देखाएको छ। यीमध्ये जापानको टोकियो विश्वको सबैभन्दा ठूलो विज्ञान र प्रविधि हबको रूपमा खडा भयो।
यसबाहेक प्रतिवेदन अनुसार गुआङडोङ–हङकङ–मकाओ ग्रेटर बे एरिया क्लस्टरले औद्योगिक प्रविधि नवप्रवर्तनमा आफ्नो उपलब्धिहरूको लागि बढ्दो अन्तर्राष्ट्रिय मान्यता प्राप्त गरेको जनाएको छ। चीन, जापान र गणतन्त्र कोरिया कृत्रिम बुद्धिमता र सञ्चार प्रविधिमा प्रमुख स्थानहरूमा छन्।-रासस
प्रकाशित: ६ माघ २०८१, आईतवार