गुगलको जेमिनीले ग्यालेक्सी एस२५ को सामसङ एपहरूमा एक्सेस पाउने

Technology Khabar ६ माघ २०८१, आईतवार

काठमाडौं ।

गुगल र सामसङले एआई एक्सपिरियन्समा धेरै नजिकबाट काम गरिरहेको देखिन्छ जुन आगामी ग्यालेक्सी एस२५ डिभाइसहरूमा उपलब्ध हुने उल्लेख गरिएको छ।

साथै ग्यालेक्सी एस२५ को लागि प्रोमो सामग्री लीक भएको छ र धेरै सामसङ सुविधाहरू मध्ये जेमिनीलाई प्रमुख रूपमा चित्रित गरिएको उल्लेख छ।

एक नयाँ लीकले अब जेमिनीले सामसङ क्यालेन्डर, सामसङ नोट्स र सामसङ रिमाइन्डरको लागि एक्सटेन्सन (विस्तार) हरू प्राप्त गर्ने तथ्यको खुलासा गरेको छ।

एक्सटेन्सनहरूले जेमिनीलाई यी सामसङ एपहरूमा प्लग इन गरेर क्यालेन्डर इभेन्टहरूलाई सिर्जना गर्न, सम्पादन गर्न वा मेटाउन, इभेन्टहरू सिर्जना गर्नको लागि इमेजहरूबाट जानकारी क्याप्चर गर्न, डेट (मिति) रेञ्जका लागि इभेन्टहरू सूचीबद्ध गर्न रदोहोरिने इभेन्टहरू सिर्जना गर्न, नोटहरू सिर्जना गर्न र संक्षेप गर्न, डिस्क्रिप्सन (वर्णन) र टाइटल्स (शीर्षकहरू) मा आधारित नोटहरू पुनः प्राप्त गर्नुका साथै रिमाइन्डरहरू सिर्जना गर्ने, सम्पादन गर्ने, खोज्ने र मेटाउने जस्ता कामहरू गर्न अनुमति दिने उल्लेख गरिएको छ।

यद्यपि यसले जेमिनीलाई यी एपहरूमा तपाईले गर्न सक्ने सबै काम गर्न नदिए तापनि यसले यसलाई धेरै उपयोगी बनाउने उल्लखे गरिएको छ। साथै गुगलले कोरियाली कम्पनीका डिभाइसहरूमा जेमिनीलाई थप प्राथमिकता दिनको लागि सामसङसँग काम गर्न छनौट गरेको उल्लेख छ।

सामसङको एपहरूको लागि यी जेमिनी एक्सटेन्सन (विस्तार) हरू मात्र नभएर अन्य धेरै सुविधाहरू पनि आउनेछन् भनि यस लीकको स्रोतले खुलासा गरेको छ। साथै यो पुरानो फ्ल्यागशिप सामसङ डिभाइसहरूमा वान यूआई ७ अपडेटको साथ रोल आउट हुने सम्भवना पनि रहेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया