लाइभ फोटोहरूमा देखा पर्यो आईफोन एसई ४ को ‘डमी’ युनिट

Technology Khabar ६ माघ २०८१, आईतवार

काठमाडौं ।

आगामी चौथो पुस्ताको आईफोन एसईको बारेमा वर्षौंदेखि अफवाहहरू चलिरहेको छ भने एप्पलले यो डिभाइस अप्रिल महिनामा घोषणा गर्ने अपेक्षा गरिएको छ।

यसैबीच भरपर्दो स्रोत सोनी डिक्सनले आईफोन एसई ४ को डमी युनिटहरूको दुईवटा तस्बिरहरू साझा गरेका छन्। उक्त डमी युनिटहरू केसहरू र एक्सेसरिजहरूको लागि मोल्डको रूपमा प्रयोग गरिने गरिएको उल्लेख छ।

लाइभ फोटोहरूमा आगामी बजेट आईफोनको पछाडिको भाग र साइडहरू देख्न सकिने बताइएको छ जुन लीकको गरेको अनुमान जस्तै भएको उल्लेख छ।

माइक्रोफोन र एलईडी फ्ल्यासको लागि कटआउटको साथ फोनको पछाडि एउटा क्यामरा सेन्सर रहेको छ। बायाँतिर भल्युम बटनहरू र म्युट स्विचको साथ फ्ल्याट साइडहरू भएको बताइएको छ। त्यसैगरी त्यहाँ भौतिक सिम ट्रे पनि रहेको उल्लेख गरिएको छ।

आईफोन एसई ४ मा आईफोन १४ को ६.१–इन्च सुपर रेटिना एक्सडीआर ओएलईडी डिस्प्ले (६० हर्ज) लाई पुनः प्रयोग हुने अपेक्षा गरिएको छ। आईफोन १४ को उक्त डिस्प्लेमा १२ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामरा र फेस आइडी सेन्सरहरूको साथ नच कटआउट भएको बताइएको छ।

त्यसैगरी यो बजेट आईफोनमा ८ जीबी र्यामको साथ अपडेट गरिएको एप्पल ए१८ चिप प्राप्त रहने अफवाह रहेको छ जसका कारण यसलाई एप्पल इन्टेलिजेन्स चलाउन अनुमति दिनेछ।

साथै अफवाहहरूले यस बजेट आईफोनको पछाडि ४८ मेगापिक्सेलको क्यामरा र लाइटनिङ कनेक्टरको ठाउँमा यूएसबी–सी पोर्टलाई समावेश गर्ने औंल्याएकोछ भने ४९९ अमेरिकी डलरको सुरुवाती मूल्य ट्याग हुने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया