सामसङ ग्यालेक्सी एस२५, एस२५ प्लस र एस२५ अल्ट्राको प्रोमो इमेजहरू लीक भयो

Technology Khabar ६ माघ २०८१, आईतवार

काठमाडौं ।

सामसङ ग्यालेक्सी एस२५ को अर्को नयाँ इमेज लीक भएको छ। यस पटक लीक भएको उक्त प्रोमो इमेज ( तस्बिर) हरूमा ग्यालेक्सी एस२५ वा एस२५+ (तिनीहरू ठ्याक्कै उस्तै देखिएने, आकार मात्र फरक भएको) र ग्यालेक्सी एस२५ अल्ट्राको केही शटहरू देखा परेका छन्।

पहिलो तस्बिरमा क्यामराको बाहिरी भागको ‘रिङ्गस’ फोनको पछाडिको गाढा नीलो रङ्गसँग मेल खाएको एउटा रोचक विवरण देखा परेको छ।
त्यसैगरी फ्रेम र स्क्रिन फ्ल्याट देख्न सकिनेछ भने बेजेलहरू अत्यन्त पातलो (गत वर्ष भन्दा पातलो) भएको उल्लेख गरिएको छ।

अल्ट्राको क्यामराको रिङ्गको रङ भने यस पटक पछाडिको रङसँग नभएर फ्रेमको रङसँग मिल्दोजुल्दो भएको देखिएको छ। यद्यपि यो तपाईंले छनौट गर्नुभएको कलरवेको आधारमास्पष्ट रूपमा फरक हुन सक्ने उल्लेख गरिएको छ।

अल्ट्रामा राउण्ड कर्नर्स (गोलाकार कुनाहरू) हुने पुष्टि भएको भएतापनि तिनीहरू परिवारका अन्य दुई मोडेलहरूको भन्दा कम गोलाकार हुनेछन्। अल्ट्राको स्क्रिन र फ्रेम फ्ल्याट हुनुका साथै बेजेलहरू स–साना भएको उल्लेख गरिएको छ।

एआई भरपुर रुपमा समावेश गरिएको छ भने मूल्य वृद्धि हुने अपेक्षा पनि गरिएको छ। साथै यी सबै फोनहरूमा स्न्यापड्रागन ८ एलिट चिपसेट गरिने उल्लेख गएिको छ। सामसङ ग्यालेक्सी एस२५ सिरिज जनवरी २२ तारिखमा आधिकारिक रुपमा घोषणा गरिनेछ।

त्यस अघि सामसङले आधिकारिक रूपमा बिक्सबी र स्केच टु इमेजमा सुधारहरू टिज गरिसकेको जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ६ माघ २०८१, आईतवार

तपाइको प्रतिक्रिया