ह्वाट्सएपमा अब डबल ट्याप गरेर रियाक्ट गर्न सकिने

Technology Khabar ५ माघ २०८१, शनिबार

काठमाडौं ।

व्हाट्सएपले नयाँ वर्षसँगै केही नयाँ सुविधाहरू आधिकारिक रुपमा लन्च गरेको छ। क्यामरा इफेक्टहरूमा गत वर्ष भिडियो कलहरूका लागि लन्च गरिएको उही ३० वटा ब्याकग्राउण्ड, फिल्टरहरू र इफेक्टहरू रहेका छन् जसको मद्दतबाट अब इमेजहरूलाई पनि परिवर्तन गर्न सक्नेछ।

व्हाट्सएपले सेल्फीलाई स्टिकरमा बदल्न सकिने अर्को नयाँ सुविधा  ल्याएको छ। क्रियट स्टिकरमा ट्याप गरेरपछि प्राप्त गरिने क्यामरा अप्सनबाट सेल्फी लिनएर आफ्नो स्टिकर बनाउन सकिने बताइएको छ। यो हाल एन्ड्रोइडमा रोल आउट भइरहेको छ भने आईओएसमा पनि “चाँडै” उपलब्ध हुनेछ।

त्यसैगरी व्हाट्सएप मार्फत सीधा रुपमा स्टिकर प्याकहरू साझा गर्न सकिने र डबल ट्याप गर्दै मेसेजेजमा रियाक्ट गर्न मिल्नेछ भने सबैभन्दा धेरै प्रयोग गरिएका रियाक्सनहरू मार्फत द्रुत रूपमा स्क्रोल गर्न सकिने थप उल्लेख गरिएको छ। यसले निश्चित रूपमा मेसेजहरूमा छिटो प्रतिक्रिया दिन लागि सहज बनाउने जीएसएमएरिनाले उल्लेख गरेको छ।

प्रकाशित: ५ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया