आफ्नो छुट्टै फोटो शेयरिङ एप ल्याउने तयारीमा ब्लूस्काई

  • Technology Khabar | ५ माघ २०८१, शनिबार
आफ्नो छुट्टै फोटो शेयरिङ एप ल्याउने तयारीमा ब्लूस्काई

काठमाडौं ।

माइक्रो ब्लगिङ साइट ब्लूस्काईले आफ्नो छुट्टै फोटो शेयरिङ एप ल्याउने तयारी गरिरहेको बुझिएको छ।

टेकक्रञ्चका अनुसार एक स्वतन्त्र डेभलपरले ब्लुस्काईका लागि फोटो-सेयरिङ एप ‘फ्ल्यासेस’ तयार गरिरहेका छन्। चाँडै सार्वजनिक हुने यो एप ब्लुस्काईलाई आधार दिने एटी प्रोटोकलमा आधारित छ। यो एप बर्लिनका डेभलपर सेबास्टियन भोगेलसाङको पहिलेको ब्लुस्काई क्लाइन्ट ‘स्कीट्स’ को कोडबाट निर्माण गरिएको हो।

ठूलो प्रविधिका सामाजिक सञ्जालहरूको एकाधिकारविरुद्ध बढ्दो मागलाई उपयोग गर्ने प्रयास फ्ल्यासेसजस्तो नयाँ एपले मस्टोडन र ब्लुस्काई जस्ता खुला स्रोत, विकेन्द्रीकृत एपहरूमा प्रयोगकर्ताको आकर्षणलाई सम्बोधन गर्न सक्ने अपेक्षा गरिएको छ।

पछिल्लो समय टिकटक प्रतिबन्धको तयारीसँगै प्रयोगकर्ताहरू चिनियाँ एप ‘रेडनोट’ मा सर्ने क्रम पनि यो प्रवृत्तिलाई देखाउँछ।

फ्ल्यासेस एप ब्लुस्काईका लागि फोटो र भिडियो सामग्रीमा केन्द्रित हुनेगरी तयार गरिएको छ। यसको सुरुवात ‘स्कीट्स’ बाट भएको थियो, जसले आईप्याड प्रयोगकर्ता र दृष्टिविहीन तथा कम देख्ने प्रयोगकर्ताका लागि विशेष सुविधाहरू समावेश गरेको टेकक्रञ्चले उल्लेख गरेको छ।

फ्ल्यासेसको विशेषताहरू

  • प्रयोगकर्ताले चारवटा फोटो वा १ मिनेटसम्मका भिडियो पोस्ट गर्न सक्नेछन्।
  • फ्ल्यासेसबाट पोस्ट गरिएका सामग्री ब्लुस्काईमा पनि देखिनेछन्।
  • ब्लुस्काईका प्रत्यक्ष सन्देश (डाइरेक्ट मेसेज) पनि फ्ल्यासेसमा उपलब्ध हुनेछ।
  • एपले ब्लुस्काईको टाइमलाइनलाई फिल्टर गरी फोटो र भिडियो सामग्रीमात्र देखाउनेछ।
भविष्यका योजना

भोगेलसाङले भनेका छन्, “फ्ल्यासेस इन्स्टाग्रामको नक्कल होइन। यसको आफ्नै पहिचान हुनेछ।” भविष्यमा ‘ब्लु स्क्रिन’ नामक भिडियोमात्र केन्द्रित एप ल्याउने योजना पनि रहेको छ।

फ्ल्यासेस चाँडै सार्वजनिक हुने अपेक्षा गरिएको छ, जसको लागि टेस्टफ्लाइट बीटा संस्करण अघि नै उपलब्ध हुनेछ। प्रयोगकर्ताले ब्लुस्काईमा फ्ल्यासेसको खाता फलो गरेर अपडेटहरू प्राप्त गर्न सक्छन्।

प्रकाशित: ५ माघ २०८१, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार